साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०६

  • १७ मंसिर २०८१, सोमबार २३:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/१३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०६[एकसयछऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    रङ्गिन फूल हेर्न मन लाग्यो।
    केही अक्षर केर्न मन लाग्यो।
    सजिएर बस्नुको मज्जा बेग्लै,
    हेरेर सास फेर्न मन लाग्यो।
    यस्तै फूलले घेर्न मन लाग्यो।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    गमलामा सजाएको फूल सम्झिएर ।
    उडि हिँड्ने पुतलीकाे हूल सम्झिएर ।
    सँगै बस्दा बेवास्ता छ मायालुकाे माया ,
    टाढा हुँदा गरिएको भूल सम्झिएर ।
    के गर्नु मच्छर बिना झुल सम्झिएर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-:०३
    जुनीभरि पर्खि बसे मेरो माया कहिलेआउला भनी
    व्यग्र थियो मन उनको कोमल हात समाउँला भनी
    उनलाई स्वागत गर्न उत्सुक थिए मेरा हातहरु
    उनेको थिएँ फूलको माला उनैलाई थमाउँला भनी
    यसरी नै गाँसिएर हामी पनि सधैं रमाउँला भनी।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग :०४

    तिमी फूल बनेकी भए
    स्विकार्दै ल भनेकी भए
    आज सँगै हुने थियौँ
    मान्छेजस्तो गनेकी भए
    मलाई नखनेकी भए ॥

    गुणनिधि घिमिरे अमेरिका