साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०५

  • १७ मंसिर २०८१, सोमबार २३:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयपाँचऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/०६गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०५ [एकसयपाँचऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बिहानी किरण छरेर आयो प्रकाश।
    अन्धकार सब हरेर आयो प्रकाश।
    प्राकृतिक शक्ति पनि विचित्र देखिन्छ,
    बादलको घुम्टो तरेर आयो प्रकाश।
    सयौ बाधा पार गरेर आयो प्रकाश।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    रातभरि जाग्राम बसेर बिहानीको पर्खाइमा हुन्छ धर्ती
    निष्पट्ट अँध्यारो छिचोल्दै सूर्यको लाली किरणले छुन्छ धर्ती
    लाग्छ बिहानीको सुनौलो किरण धर्तीमा पर्दा स्वर्गै यही हो
    सृष्टिकर्ताको कल्पनामा प्रकृतिले नै पञ्च तत्व चुन्छ धर्ती
    पाँचैतत्व मिश्रण गरि प्रकृतिले आफ्नै हातले बुन्छ धर्ती।
    -पशपती राई खोटाङ ।

    👉पञ्चाङ्ग:०३
    उदाएको सूर्यले मुस्कुराउँदै आकाश चिरेर देखाउँदा
    प्रकाश बनेर संसारको कुना कुनामा छिरेर देखाउँदा
    केही न केही त आफैँ अगाडि बडेर निश्चय नै गर्नु जस्तै
    आज अस्ताए पनि हाजिर भै भोलि पुनः फिरेर देखाउँदा
    प्रकृतिको जिम्मेवार चमत्कारी रुपमा भिरेर देखाउँदा ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४
    यो सुनौलो बिहानीसँगै नाच्न मन लाग्यो ।
    प्रतिबिम्ब हेर्दा कम्मर भाच्न मन लाग्यो ।
    प्राकृतिक सुन्दरता हेर्दा मनै ल‍‍ोभिन्छ,
    सुनौलो किरण आफुमा साच्न मन लाग्यो ।
    घाम छायाको प्रेमलिला जाच्न मन लाग्यो ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५

    मनका पीडा आँसु बनेर झर्छन् आजभोलि,
    किन दैवले नै सारा खुसि हर्छन् आजभोलि ।
    झुपडिलाई लत्याई महल चहारे पनि
    किन होला खैरो खन्न लागि पर्छन् आजभोलि ,
    आज सफल देख्दा नजिक सर्छन् आजभोलि ।

    दुर्गा आचार्य
    मोरङ