
बुधबार बसेको फिफाको बैठकले आधिकारिक रुपमा साउदी अरेबियालाई २०३४ को विश्वकपको आयोजना को अधिकार दिने घोषणा गरेको छ।
यसो त प्रक्रियागत रूपमा २०३४ को विश्वकप साउदी अरबियाले पाउने पक्कापक्की जस्तै भइसकेता पनि आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको थियो।
यो घोषणा भएसँगै २०३४ को विश्वकप साउदी अरेबियामा हुने भएको छ भने साउदी अरब सरकारले यसको तयारी स्वरूप पहिलेदेखि नै साउदी अरबको विभिन्न क्षेत्रहरुमा यसको तयारी स्वरूप यसका पूर्वाधारहरू बनाउन सुरु गरिसकेको छ।