पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२५

  • ७ पुष २०८१, आईतवार २२:५२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय पच्चीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२५—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/२४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अधर्मीको नाश हुनेछ।
    सडकको गाँस हुनेछ।
    लिन्छौं कति पापको घडा,
    रोगको नै रास हुनेछ।
    नर्कतिर बास हुनेछ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    धोका दियो उस्ले मागेर हात मेरो,
    आँखामा निद्रा छैन लुट्यो रात मेरो।
    पीडा भएपछि मान्छे कठोर हुन्छ,
    भनेर हिड्छ रे मिलेन जात मेरो।
    खुसी चोर्यो के आउँछ प्रभात मेरो।

    -दुर्गा आचार्य
    मोरङ


    पञ्चङ्ग:०३
    समाज सुन्दर फुलबारी भए सबैमा सदाचार अहाे
    अहंभाव दिनानुदिन बढायो सबैमा बदाचार अहाे
    जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिकाे नै हाे कारण
    भेदबुद्बि माैलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहाे
    यही रीतिले देशमा बन्दैन समृद्धिकाे खदाचार अहाे ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-:०४
    विदेश नगएर कहाँ जाऔं जमाना पैसाकै आयो हजुर
    सुका मानाको घिउ आधुनिकताले हजारमा खायो हजुर
    माग बढेको बढ्यै छोराछोरीको धान्नै नसकिने गरि हेर्नोस्
    बीस मुरी कोदो बेचेको बल्ल यौटा मोबाइल पायो हजुर
    यसैले त खेती छाडेर सबैले विदेश तिरै धायो हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    दु:खले नै दु:ख दियो यहाँ
    भाग्य खोस्यो ज्यान लियो यहाँ
    आँखाहरू साथ खोज्दै थाके
    ढल्यो जिन्दगीको मियो यहाँ
    तड्पियो दुखेर हियो यहाँ ।
    प्रभा
    पञ्चाङ्ग:०६
    देख्दा हिराे छौ
    पढ्न जिराे छौ
    सिङ्गो नभइ
    आधा चिराे छौ
    कडा पिरो छौ ।
    भवानी घिमिरे

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    -ह्यारिस