“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय चौविसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२४—————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०८/१७
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो।
जिन्दगी केवल दुईचार दिनको नैं घाम छाया हो।
घटिया व्यवहार देखाउने काम दुश्मनले हो गर्ने,
मन मिल्ने मान्छे टाढा रहे पनि हुने दायाँ बायाँ हो।
जो देखाउन मात्रै खोज्छ त्यो जाडोमा आउने चाया हो।
-सुशीला पौडेल
ॐ
पञ्चाङ्ग:०२
आज खै किन हाे सृजना आइनन् मित्र
भावनाले मधुुर गीत गाइनन् मित्र
खल्लो खल्लाे अनुभव गर्दैछु हजुर
धेरै भयाे गीता नि यता छाइनन् मित्र
रात धेरै बित्यो रजनी धाइनन् मित्र ।
-प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०३
सारा कष्ट बिर्साउने नानी तिमी
डल्लु मान्छे सबै बुझ्ने ज्ञानी तिमी
मन मुटु भित्र बसेको मान्छे हौ,
सावाँ भन्दा ब्याज प्यारो सानी तिमी
मुहारमा मुस्कानको खानी तिमी ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४
आफ्नो चिन्तनहरूलाई फाटेको खल्तीमा राखेको राम्रो
घरभित्रको कचिङ्गल छाँटेको खल्तीमा राखेको राम्रो
सत्य कुरा उही हो ‘यो संसारमा कोही पनि पूर्ण छैन’
त्यसैले नचाहिने भ्रम ढाँटेको खल्तीमा राखेको राम्रो
सहमत हुने मन्तव्य आँटेको खल्तीमा राखेको राम्रो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५
हिजोआज घरको कुरा पनि संजालमै हालेका छन्
घरमा बस्तु पाल्न छाडे मनमा गोमन पालेका छन्
सामाजिक सद्भाव र सहिष्णुता त कता हरायो खै
भेटेर बोल्न छाडे संजालमै फणा मार्न थालेका छन्
एकले अर्कोलाई डस्नको लागि कदम चालेका छन् ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
पाउनु माया लाउनु माया धाउनु माया हो
टाढा भए नी झल्झली झल्को आउनु माया हो
घामछायाँ हो यो जिन्दगानी पानीको फोका झैँ
यो मन भित्र त्यो मन बस्न पाउनु माया हो
निस्वार्थ प्रेम सम्झेर प्रीति लाउनु माया हो
-गुणनिधि घिमिरे अमेरिका।
पञ्चाङ्ग:०७
हल्लियाे पात भाइ
मान्छेकाे जात भाइ
दाेषकाे थुप्रो छ है
अनन्त खात भाइ
खाेज्दैछौ रात भाइ ।
भवानी घिमिरे