“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचारऔमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८१/०७/२९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०४ [एकसयचारऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पालि
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पाैडेल

संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
सुन्दर फूलहरू फुलेका छन् यहाँ।
सुन्दरतामा डाली झुलेका छन् यहाँ
साैन्दर्य सुगन्धले माेहित भएर,
कति भमराहरू डुलेका छन् यहाँ।
सबैका मन रम्दै भुलेका छन् यहाँ।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
आहा कति सुन्दर छ फूल यो
कोपिला टिप्ने नगरौ भूल यो
प्रकृतिको सौन्दर्य नबिगारौँ
प्रभुकै पगपगका धूल यो
अमृत झैं जल हुने मूल यो।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०३
हजारौं राम्रा भएपनि यौटा भुल हेर्छ दुनियाँले
यहाँ देख्दैन हिलोमा छ बोट फूल हेर्छ दुनियाँले
निर्दोष माछाका भुराहरुलाई पनि माफी दिदैन
भरेलाई तरकारी बनाउन झुल हेर्छ दुनियाँले
होस् कुकर्मै भवसागर तर्ने पुल हेर्छ दुनियाँले।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०४
वास्नादार फूलले तानेको मन भन्छु ।
आफैंले कमाएको सुपथ धन भन्छु ।
दिगो हुन्छ सबैले सिकाउनु जहिल्यै ,
पर्दैन आफ्नो संस्कार अनि पन भन्छु ।
प्रतिकूलमा सम हुन्छन् ज्ञानी जन भन्छु ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग०४
छिर्केमिर्के पुतली तस्तो रहेछ।
यसको बास्ना मिठो कस्तो रहेछ।
थरीथरीका त फूल रहेछ्न् यहाँ ,
हेर्दा खेरि अचम्म सस्तो रहेछ।
सेतो र पहेँलो पनि जस्तो रहेछ
✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०५
आहा !क्या राम्रो प्रकृतिले दिएको फूल देखे मैले
टपक्क टिप्नलाई थपिँदै जाने हुल देखे मैले।
कुन्नि अरुको कदर गर्न नजान्नेले यसो गर्छन् ?
अरुको करेसा बारीको टिप्नु त भुल देखे मैले।
त्यसैले सम्बन्ध नबिगार्न सानो पुल देखे मैले।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०६
आहा!प्रकृतिले दिएको सुन्दर फूल रहेछ
फूलमै झुलिरहने माहुरीकाे हुल रहेछ
याे प्रकृतिको छटा पनि कस्तो हुन्छ अचम्मको !
फूलबारी नै बिगारी फूल टिप्नु भुल रहेछ
फूलले शाेभा दिनु सुन्दरताकाे मुल रहेछ
उर्मिला के.शी.
धनकुटा !

