साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०३

  • २८ कार्तिक २०८१, बुधबार २०:१७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/२२ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    हरियाली वन देखिएको छ।
    फूल राम्रो झन देखिएको छ
    फूल कसलाई मन् पर्दैन र?
    सुन्दरमा मन देखिएको छ।
    श्रमिकमा धन देखिएको।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देखिएको हरियाली वन छ ।
    त्यसै भित्र फूलहरु झन छ ।
    सम्झी के गर्नु फूलैको संसार ,
    गुलाबको फूलमै यो मन छ ।
    इलम गरे यसैमा धन छ ।
    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०३
    गुलाब फूल जस्तै फूल्न मन छ।
    म यसैको साथमा खुल्न मन छ।
    आहा सुन्दर रमणिय ठाउँमा,
    सधैंभरि मलाई झुल्न मन छ।
    यही फूलमा सधैं भुल्न मन छ।
    ह्यारिस
    पञ्चाङ्ग:०४
    सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि
    भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि
    आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको
    वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि
    सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    थुँगा थुँगा मिलेर माला बने जस्तै
    धान रोपी धानको बाला फले जस्तै
    सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा ,
    हातमा लिइ शिव नाम जपे जस्तै
    उज्यालोले अँध्यारो डाला भरे जस्तै
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०६
    हरियाली परेको बीच फुल देखिएछ ।
    दुई फाँटको त्यो माझमा झुल देखिएछ।
    सुन्दर रुपको फुललाई हेरेर बसौँ ,
    ढकमक्क फुलेको राम्रो कुल देखिएछ।
    हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ ।
    ✍️ बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०७
    कति सुन्दर फुलेको फूल त्यहाँ
    थुँगा मिलेर बनेको झुल त्यहाँ,
    कति राम्रो संगठन त्यो फूलको,
    बिगार्न नलागोस् कुनै धुल त्यहाँ,
    भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ