
सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाको आयोजनामा हिजो कार्तिक २४ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा ‘सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न भएको छ ।
प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् साहित्यकार कलानिधी दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणको क्षेत्रमा अतुलनीय योगदान दिनुहुने मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा
काठमाण्डौका हरिभक्त सिग्देल (काठमाण्डौ), मानन्धर अभागी (साँखु काठमाडौँ), सोलुखुम्बुकी डा.रेनुका सोलु (सोलुखुम्बु), हेमन्तराज काफ्ले (नेपालगन्ज) र इलामकी ज्योति जुङ्गल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले आफ्नो शुभकामना मन्तव्य राख्दै लेखेर वा बोलेर मात्रै साहित्यकार नभइने, त्यसका लागि कवि आफैँमा आत्मविश्वास, लगनशीलताका साथै मधुर वाणी र व्यवहार हुनुपर्ने बताउमु भयो । साथै उहाँले सम्मानित पाचै जना व्यक्तित्वहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको थियो ।
नेपाल शाखाका इन्चार्ज अमन एकलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाको स्थापना भएदेखि हालसम्म गरेका हरेक साहित्यिक, सामाजिक लगायतका कार्यहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको थियोे । साथै उहाँले संस्थाको आगामी कार्ययोजना बारे पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रमको शुरुमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समर चेम्जोङ आभासको शुभकामना मन्तव्य पढेर सुनाइएको थियोे । साथै सम्मानित व्यक्तित्वहरूले पनि ‘सम्मानले आफूमा साहित्य र समाजका क्षेत्रमा अझै केही गरॅौ या गर्नुपर्छ’, भन्ने उत्प्रेरणा थपेको कुरा बताएका थिए ।
कार्यक्रममा करिब दुई दर्जन स्रस्टा/सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्जक, साहित्यानुरागी व्यक्तित्वहरू, संस्थाका पदाधिकारीहरू सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुका देवी पौडेल आचार्य लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम प्रतिष्ठानका नेपाल शाखा अध्यक्ष बुद्धि बल श्रेष्ठको अध्यक्षतामा एवम् उपाध्यक्ष भैरवी भूगोलको कुशल सञ्चालनमा सम्पन्न भएको थियोे ।

