साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १२३

  • १४ मंसिर २०८१, शुक्रबार २१:४४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय तेईसौअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२३—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/१०
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    प्रेमकाे त्याे नदीमा बगाएर प्रिय।
    सुखकाे पलहरू मगाएर प्रिय।
    जिन्दगीभर रहने नै छु साथमा,
    लैजाउन मलाई भगाएर प्रिय।
    सिँउदाेमा सिन्दुर लगाएर प्रिय।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देश लुट्ने दलालहरुको यहाँ टेण्डर चलेको छ
    सोझा जनताको मन भित्रभित्रै साह्रै जलेको छ
    कहाँ गयो समृद्ध नेपाल सुखी नेपाली को नारा
    छैन मानवता भन्ने चिज सबैतिर पाप फलेको छ
    देशैभरि उनको विरुद्धमा आज मसाल बलेको छ।

    खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट

    पञ्चाङ्ग:०४
    *-
    आज तिमीले लगायाै राम्रै काेट राजै
    विचार नगरी दिएको छ भाेट राजै
    लाेली मिलाएर कुशासनलाई साथ
    भाेलि सन्ततिले पाउनेछन् चाेट राजै
    जिन्दगीभर लाग्नेछ पक्कै खाेट राजै ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०५
    आकाशमा छायाँ हेरेर बस्दा
    अतित सपना बेरेर बस्दा
    जीवन नदी झैँ स्वतन्त्र बग्छ
    गन्तव्यको मार्ग घेरेर बस्दा
    लामो लामो सास फेरेर बस्दा ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमिल संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग :०७
    लवन झै जमिरहने जिन्दगानी ढिका भा छ,
    तिमीलाई खुलाउने सिन्दुर पोते टीका भा छ,
    नुनिलो र पिरो कतै खल्लो अनि गल्लो लाग्ने
    चिनीबिना चिया जस्तो जिन्दगी नै फिका भा छ,
    जीवन यो अर्थहीन लाग्छ,खोटो सिका भा छ ।

    विवश पारदर्शी
    झापा,

    पञ्चाङ्ग-८
    लजाइ तिमी थोरै मेरै नजिक आइदेउन है
    परेलीको नयनभित्र मै बस्छु सजाइदेउन है
    तिमीले बोलेको आवाज मलाई संगीत झैं लाग्छ
    शब्द मै लेखिदिन्छु बरु तिमीले गाइदेउन है
    सबै सर्त स्वीकार गर्छु चोखो माया लाइदेउन है।
    -पशपती राई खोटाङ ।