साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला: १२२

  • १४ मंसिर २०८१, शुक्रबार २१:४१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय बाईसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२२ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/०३
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    आज याैटा कुरा तिमी सँग भन्छु है
    तिमी आली मिलाउ म बारी खन्छु है
    प्रेम नै त हाे जिन्दगी आउ रमाऔं ,
    तिमी आगाे भैदिए म पानी बन्छु है
    साथमा आकाश हेर्दै तारा गन्छु है।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मायाको जालोमा हामी सबै भुल्दै किन ?
    नुन चिनी झैँ जालोमा हामी घुल्दै किन ?
    सोमबार भोले बाबा आज शुभबार
    प्रभुलाई नचिनेर हामी डुल्दै किन ?
    हामी क्षणिक सुखमा सधैं झुल्दै किन ?
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०३
    उता नजाउ है प्रिय मौरीको घार छ
    बारीको वरिपरि हेर काँडे तार छ
    मैले त भलो गर्न खोजेको मात्र हुँ नि,
    ढकमक्क तोरी फूली उज्यालो टार छ
    चुँडी जाला तिम्रो गलामा लामो हार छ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    निकै रमाइला थिए सुरुवाती बातहरु पनि,
    रुखमा नै लाग्यो चोट ओइलिए पातहरु पनि।
    जन्म दिदाको कठिनाइको कुनै ख्याल भएन र?
    त्यसै टाढिदै गएका छन् प्रेमिल हातहरु पनि,
    वास्ता गर्न छ‍ोडेको छ धात पछि घातहरु पनि।

    दुुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    यसो के संजालमा हेर्छु गाली मात्रै धेरै देख्छु
    मुहार हेर्दा देखिन्न पराइ सप्पै मेरै देख्छु
    के छ हालखबर बुझ्न खोज्दा बोल्ने हैन कोही
    देखिन्न क्रिया यहाँ प्रतिक्रिया उतिखेरै देख्छु
    गाली गर्ने थोरै छैनन् यिनिहरूको जेरै देख्छु।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग०६
    सम्बन्धमा सँधै बोल्न सिक्नु
    अल्झाउने गाँठो खोल्न सिक्नु
    प्रीतिको फूल फक्राउनु छ भने
    अभिरुचिलाई पोल्न सिक्नु
    दुई मुटु सँगै मोल्न सिक्नु ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹


    पञ्चाङ्ग:०७
    “””””””””
    नायकको छ शुभ समाचार जताततै
    व्याप्त छ देशभर भ्रष्टाचार जताततै
    स्वार्थकाे घाेडामा सवार गरेपछि हेर
    भएकाे छ अन्याय अत्याचार जताततै
    युवा शक्ति गरन ललकार जताततै ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।