साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १२०

  • २८ कार्तिक २०८१, बुधबार २०:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग::०१
    जल्नेहरुको मन जलिरहोस् यहाँ।
    मेरो पाइला सधैं चलिरहोस् यहाँ।
    दुष्ट अरूको प्रगतिमा जल्दै गरून्,
    प्रगतिको दीपक बलिरहोस् यहाँ।
    डाह गर्नेको मन गलिरहोस् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दीप बालेर भएपनि जगाउने मन छ
    खराब आचरण सबै भगाउने मन छ
    तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय,
    दुख पर सारेर सुख मगाउने मन छ
    गलामा गहनाको प्रेम लगाउने मन छ।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३
    सुख खोजेको दुख मिल्यो
    हात चाहेको मुख मिल्यो
    कसरी चित्त बुझाउनु,
    फल बिनाको रुख मिल्यो
    धर्ती छोडेसी सुख मिल्यो।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    खरानीलाई आगाेकाे के डर साहेब
    बाेलीकाे ठेगान छैन के भर साहेब
    शब्द प्रयाेगमा लगाम छैन , मुरारि ?
    फेरि नेता बन्ने कस्ताे रहर साहेब
    उमेर कट्या छ सत्तरी पर साहेब ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    आशा त गरेको थिएँ फूल हजुर
    पेटमा पसी निस्कियो शुल हजुर
    आशा र भरोसा भन्ने मात्र रहेछ ,
    खान त खोजेको पानी मुल हजुर
    नसोची खाएछु भयो भुल हजुर ।।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन्
    सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन्
    परमात्मा शिवजीको मनले गरौं भक्ति
    पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन्
    दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०७
    घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर
    यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर
    दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ
    मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर
    गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    ह्यारिस

    पञ्चाङ्ग:०९
    प्रवासमा तिहार कस्तो हुँदै होला
    दाजु र बहिनीको मन रुँदै होला
    यस्तो हालतमा पुर्‍याउने मान्छेले
    पक्कै पनि रक्सीले मुख धुँदै होला
    आन्द्रा र भुँडीमा रोगले छुँदै होला /

    • देवी पन्थी