“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय सोह्रौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११६ —————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०६/२१
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
खडक हातमा लिएकी दुर्गा।
उग्रचण्डी रूप दिएकी दुर्गा।
शुभकामना दसैंको सबैमा,
असुरको रगत पिएकी दुर्गा।
रणभूमिमा एक्लै जिएकी दुर्गा।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
“””””””””
कमाइ छैन कसरी खानु भात हेर
सारै नै मुस्किलकाे छ सानू बात हेर
दु:ख पाए आफन्तहरु हुनेछन् टाढा
गरिबलाई कस्ले पाे लानु साथ हरे
समय हान्दाे रहेछ नानु लात हरे ।
पञ्चाङ्ग:०३
दसैँकाे मुखमा छौँ ।
अत्यन्त दुःखमा छौँ ।
प्रकृति लाग्दा आज ,
सुकेको रूखमा छौँ ।
हराको सुखमा छौँ ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०४
विकासले जताततै डोजर चलाउँदा प्रकृति रिसाइन्
कोतारी कोतारी चुरे पहाडै ढलाउँदा प्रकृति रिसाइन्
प्रकृतिलाई त देवता मानी पुज्ने गर्थ्यौँ उहिले-उहिले
आज त मान्छेले वनपाखा नै जलाउँदा प्रकृति रिसाइन्
मान्छेको बुद्धिमा यसरी स्वार्थ पलाउँदा प्रकृति रिसाइन्।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५
धनीलाई मोज गर्न आउँदैछ दसैं तिहारमा
दु:खीले कपडा किन्न धाउँदैछ दसैं तिहारमा
गरिबलाई चाडपर्व धान्नै कठिन भयो यहाँ
निमुखा जनताले के पाउँदैछ दसैं तिहारमा
फाटेको लुगा कसरी लाउँदैछ दसैं तिहारमा।
सोमनाथ लुइटेल ।
पञ्चाङ्ग:०६
सबैको घरमा दशैँ आयो मेरोमा आएन आमा।
सबै घरमा मालश्री गाए मेरोमा गाएन आमा।
पर्देशबाट ज्वाइँ पनि नआउने भएपछि झन्।
हामी कसैलाईपनि हाँसो खुसिले छाएन आमा।
छोरा छोरी हरुलेपनि मीठो खान पाएन आमा।
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
पञ्चाङ्ग:०७
चाडपर्वले छोपेर छपक्क भयो
चारैतिर रमाइलो धपक्क भयो।
धनीलाई खुसी गरिबको अभाव,
घरमा आमाको काख थपक्क भयो
आगन लिप पोतले लपक्क भयो ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०८
राम्राे गरी दशैँ मानाैँ जे छ खाऊँ खुसी भई
लुगा किन्न सके मात्र नयाँ लाऊँ खुसी भई
घाँटी हेरेर नै निल्ने बानी बसान्नु हाेस् सदा
बडाका सामुमा टीका थाप्न जाऊँ खुसी भई
थाेरै नै दक्षिणा मिल्दा त्यै समाऊँ खुसी भई
२०८१/०६/२३
काँडाघारी,काठमाडौं
पञ्चाङ्ग:०९
दुःखीको लागि शक्ति र साहस भएर आओस् दसैँ।
जहाँ त्यही सत्य रहोस् असत्य हटेर जाओस् दसैं।
दसैंमा सबै रमाउन सकुन् टिका जमरा लगाई,
हरेक घर आँगनमा हर्ष उल्लास छाओस् दसैं।
रमाएर चरीले पनि दशैंको धुन गाऔस् दसैं।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:१०
राम्रो हुने चिन्तनमा मन लगाउनु नित्य
अहम्ता मन भित्रको पर्छ भगाउनु नित्य
नवरात्रिमा गरौ भवानी माताको साधना
सत्मार्ग जीवनमा पर्दछ जगाउनु नित्य
व्यर्थ मोहमाया जाललाई डगाउनु नित्य ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:११
घुमी फिरी आयो दर्द पीडा लिएर दसैं।
खुसी, हाँसो छैन कर्द खुँडा दिएर दसौं।
नमानिनी नहुने कस्तो पर्व नेपालीको
राहत पुगोस् मल्हम बनी सब सिएर दसैं।
घाँटी हेरि हाड निलौँ सबै जिएर दसैं।
कमला देवकोटा, पाल्पा