साप्ताहिक पञ्चाङ्ग भाग-११८

  • २६ कार्तिक २०८१, सोमबार १९:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय अठारौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११८ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/०५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :-अनिवार्य

    पञ्चाङ्ग:०१
    अदृश्य रूपी मनमा चोटहरू अनगिन्ती छन्।
    लगाएका आरोपका खोटहरु अनगिन्ती छन्।
    सँगै बसे हिँडे,खाए भन्दैमा बिर्सियो नसोच्नु,
    पाइलै पिच्छे चोरेका नोटहरु अनगिन्ती छ।
    धारिला वचन वाणका बोटहरू अनगिन्ती छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यौटा फूल देवताको पाउमा चढाउँला
    अर्को फूल प्रियसीको नाउँमा चढाउॅला
    बगैॅचाका बोट पनि उखेलेर फालेछन्,
    बीउ पाए उखेलेको ठाउँमा चढाउँला
    डाॅडापारी बादलुको गाउँमा चढाउँला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    आफ्नो मनलाई आफैं सँग ढाट्नु परेको छ
    देश छोडेर अन्य डाँडा काट्नु परेको छ।
    पारिवारिक समस्याको बाध्यताले गर्दा,
    बैँस जोस परदेशमै साट्नु परेको छ,
    पैसाको लागि गाह्रो काम आँट्नु परेको छ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जति मादल ठोकेपनि समयलाई नचाउन सकिन
    बितेर भूत बन्यो आफैं उ इतिहास रचाउन सकिन
    हिजो यही समयमा हाँसेर माया गाँसियो आज नासियो
    कस्तो माया रहेछ यो मैले त पहिल्यै जचाँउन सकिन
    टुट्यो सम्बन्ध म बच्चाले रोएर पनि बचाउन सकिन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    कामको परेको रैछ चटारो यहाँ
    त्यसै माथि कसैको छ झटारो यहाँ
    अरुको भलो सोच्ने त दुनियाँ छैन
    साथ नदिएको गाडी खटारो यहाँ
    होडबाजी गर्नेको छ लटारो यहाँ ।।

    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग:०७
    “””””””””
    सत्तामा मात्र माथापाच्ची गर्नुमा नै नाइकेकाे काम हुन्छ
    हिँड्न मनग्गे संख्या जुटाउन
    गाउँघर ठूलै नै धाम हुन्छ
    विश्वास हरायाे धेरै ढाँट्याै , निष्कर्ष संयुक्त उम्मेदवार
    हाम्राे साझा चिन्हमा चट्ट भाेट झारेर सत्तामा खाम हुन्छ
    अन्तिम निष्कर्ष पनि फेल भयाे छैन नि जाने ठाम हुन्छ ।
    प्रधुम्न चालिसे