साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०४

  • ५ मंसिर २०८१, बुधबार २२:४९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचारऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/२९ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०४ [एकसयचारऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सुन्दर फूलहरू फुलेका छन् यहाँ।
    सुन्दरतामा डाली झुलेका छन् यहाँ
    साैन्दर्य सुगन्धले माेहित भएर,
    कति भमराहरू डुलेका छन् यहाँ।
    सबैका मन रम्दै भुलेका छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आहा कति सुन्दर छ फूल यो
    कोपिला टिप्ने नगरौ भूल यो
    प्रकृतिको सौन्दर्य नबिगारौँ
    प्रभुकै पगपगका धूल यो
    अमृत झैं जल हुने मूल यो।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०३
    हजारौं राम्रा भएपनि यौटा भुल हेर्छ दुनियाँले
    यहाँ देख्दैन हिलोमा छ बोट फूल हेर्छ दुनियाँले
    निर्दोष माछाका भुराहरुलाई पनि माफी दिदैन
    भरेलाई तरकारी बनाउन झुल हेर्छ दुनियाँले
    होस् कुकर्मै भवसागर तर्ने पुल हेर्छ दुनियाँले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    वास्नादार फूलले तानेको मन भन्छु ।
    आफैंले कमाएको सुपथ धन भन्छु ।
    दिगो हुन्छ सबैले सिकाउनु जहिल्यै ,
    पर्दैन आफ्नो संस्कार अनि पन भन्छु ।
    प्रतिकूलमा सम हुन्छन् ज्ञानी जन भन्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग०४

    छिर्केमिर्के पुतली तस्तो रहेछ।
    यसको बास्ना मिठो कस्तो रहेछ।
    थरीथरीका त फूल रहेछ्न् यहाँ ,
    हेर्दा खेरि अचम्म सस्तो रहेछ।
    सेतो र पहेँलो पनि जस्तो रहेछ
    ✍️ बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०५

    आहा !क्या राम्रो प्रकृतिले दिएको फूल देखे मैले
    टपक्क टिप्नलाई थपिँदै जाने हुल देखे मैले।
    कुन्नि अरुको कदर गर्न नजान्नेले यसो गर्छन् ?
    अरुको करेसा बारीको टिप्नु त भुल देखे मैले।
    त्यसैले सम्बन्ध नबिगार्न सानो पुल देखे मैले।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    आहा!प्रकृतिले दिएको सुन्दर फूल रहेछ
    फूलमै झुलिरहने माहुरीकाे हुल रहेछ
    याे प्रकृतिको छटा पनि कस्तो हुन्छ अचम्मको !
    फूलबारी नै बिगारी फूल टिप्नु भुल रहेछ
    फूलले शाेभा दिनु सुन्दरताकाे मुल रहेछ

    उर्मिला के.शी.
    धनकुटा !