साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १००

  • १९ कार्तिक २०८१, सोमबार ०९:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १००[एकसयऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१

    सुन्दर बस्तीबाट हिमाल हेर्न पाइन्छ।
    हिमालबारे केही अक्षर केर्न पाइन्छ।
    हेर्दा मनै आन्नद हुने छ हिमाल पनि,
    हाम्रो तनावयुक्त दिमाग फेर्न पाईन्छ।
    हिमालको चिसो लिँदै मन घेर्न पाइन्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    हिमालकाे देश नबिगार ।
    टाउकोकाे केश नविगार ।
    चपक्क मिल्ने लुगा लगाऊ ,
    नेपालीको भेष नबिगार ।
    आफैँ रिसाइ फेस नबिगार ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    बिहानीसँगै क्षितिजमा हाम्रो हिमाल हेर्न पाइन्छ
    मनमाेहक यो दृश्यबाट नै अक्षर केर्न पाइन्छ
    हेर्दा अत्यन्त सुन्दर मनै लाेभ्याउने हिमाल आहा !
    अति सफा स्वच्छ वातावरणमा सास फेर्न पाइन्छ
    प्राकृतिक साैन्दर्य बस्तुलाई मनमा घेर्न पाइन्छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष)
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।

    पञ्चाङ्ग:०४
    उत्तरमा हिमालको काखमा बस्न पाएको हामी
    सगरमाथाले विश्वमा उँचा छानो छाएको हामी
    सुन्दर देश सुन्दर शैली संस्कार हाम्रो सुन्दर
    बेरोजगारी देशका युवा विदेश धाएको हामी
    डाँफे मुनाल कोइली चरीले माया लाएको हामी ॥

     गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०५
    यहाँ अनेकौँ जीवन्त वस्तु हिमालमा किन ?
    सदाबहार यहाँ प्रभु राख्ने कालमा किन ?
    हुनु पर्छ प्रभुकै शरणमा शरणागती
    मानिस आज सबै किन आफ्नै चालमा किन ?
    आखिर चिन्तन उपाय हर हालमा किन ?
    ‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०६
    नेपालीको सान हो हिमाल
    हाम्रो जलपान हो हिमाल
    सेतो घुम्टो ओढेकी अटल ,
    आयस्रोत खान हो हिमाल
    नेपालीको मान हो हिमाल !!

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०७
    हिमालको काखमा छ मस्त रमाउने मेरो गाउँ
    विश्वमा नै वीरताको नाम कमाउने मेरो गाउँ
    सधैं पग्लिदा पनि नसिद्धिने मन पनि छ उस्तै
    मनमा बस्नेलाई मनैमा जमाउने मेरो गाउँ
    फेरि जान्छु भन्नेलाई मनै थमाउने मेरो गाउँ ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८

    यो सगरमाथकाे काख पाएको हाम्राे नेपाल
    हिमाली असंख्य ओखती छाएको हाम्रो नेपाल
    संरक्षण गर्नेकाे अदूरदर्शीले गर्दा खेरि
    सम्पत्ति बगेर अरुले खाएको हाम्राे नेपाल
    पुर्खाकाे शाखले विश्वमा गाएको हाम्राे नेपाल ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०९
    म घरको आगनबाट हिमाल हेर्ने गर्छु
    स्वास्थ्य वातावरणमा लामो स्वास फेर्ने गर्छु
    हिमनदी ताल तलैया मनमोहक पनि
    क्षितिज पारीको बस्तिबाट सधैं केर्ने गर्छु
    पुर्खाले दिएको उपहारलाई घेर्ने गर्छु।

    -कला ढकाल झापा

    पञ्चाङ्ग:१०
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्ख न थम्न मन छ मलाई।
    ह्यारिस