
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८३ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
ममता
सन्तानको माया
घाम पार्दै छाया !
- वसन्त अनुभव
[२]
ममता
प्राणी सबैमा
राख्नुपर्छ सधैँ समता ! - दीपा गुरुङ्ग
दुबेकोल, खोटाङ्ग
[३]
ममता
प्राणी सबैको
गरौँ मनले समानता ! - विकास क्षेत्री अञ्जान
कैजले, बिजनबारी, दार्जिलिङ
[४]
माया
सन्तानकाे सुरक्षा
बनाउँदैछ छ छाया ! - ताराप्रसाद चापागाईँ
[५]
ममता
आमाकाे काख
कराेडाैँमा हुन्छ लाख ! - केसर बाेहरा ‘सङ्घर्ष”
अछाम, हाल- भारत
[६]
आमा
मायाको खानी
गर्छिन माया नजानी ! - सङ्गीता खरेल, काठमाडौँ
[७]
प्रष्ट
ममताको छाया
देखिन्छ भित्रको माया ! - सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[८]
ममता
सन्तानले छुन्छ !
आमाको काख हुन्छ ! - बेदु न्यौपाने
[९]
आमा
संसारको आधार
दिनुहुने मायाको उपहार ! - दीप गोले तामाङ, रौतहट
[१०]
माया
जोगाएर काया
घाम पानी छाया ! - आर्त अकुलीन
[११]
आमा
सन्तानको माया
निस्वार्थ मायाको छाया ! - बिबा तामाङ
[१२]
खास
आफ्नो सन्तानलाई
दिलाउदै शितलताको आभास ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न.पा.-६, संखुवासभा
[१३]
आमा
पक्षी जनाबर
सबैलाई समान माय ! - चूडामणि देवकोटा
पुरानोनैकाप, काठमाण्डौँ
[१४]
ममता
प्राणी सबैको
पालन पोषणको कर्ता ! - धनमाया चौधरी, कैलाली
[१५]
आमा
गर्दैन मनोमानी
नि:स्वार्थ प्रेमको खानी ! - भुपेन्द्र राना मगर, धादिङ
[१६]
आमा
घामको राप
ममता नै बचावट ! - प्रेम थापा ‘मन’, बागलुङ
[१७]
सन्तान
प्रिय हुने
कष्टमा मन छुने ! - कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[१८]
स्नेह
आफ्नै सन्तान
आमाको माया महान ! - कविता आचार्य, कैलाली
[१९]
माया
अनौठो सम्बन्ध
छाया पारी प्रबन्ध ! - नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
[२०]
आमा
ममताकी खानी
गर्छिन् माया जानी ! - नागेन्द्रप्रसाद यादव
[२१]
सन्तान
सबैका प्यारा
दु:ख भुलाउने सहारा ! - अनिता भण्डारी, ताप्लेजुङ
[२२]
सन्तान
आफ्नो छाया
भएमा पाइन्छ माया ! - कला ढकाल, झापा
[२३]
आमा
सन्तानको माया
सन्तानमा मायाको छाया ! - बुद्धिप्रसाद लामिछाने
घोडसघोडी-८, दीपनगर, कैलाली
[२४]
सन्तान
हुरीले हर्दैन
माया टाढा गर्दैन ! - भगवती दवाडी, झापा
[२५]
आमा
नि:स्वार्थ छाया
परिवेश अनुरूप माया ! - घनश्याम पौडेल
गौरीगङ्गा नपा -९ , कैलाली
[२६]
ममता
सन्तानका बीच
सधैँ राख्छिन् समता ! - डा. देवी पन्थी
[२७]
सन्तान
पारिवारिक माया
स्पष्ट देखिन्छ छाया ! - रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[२८]
मातापिता
सन्तानलाई छहारी
दिइरहने नमानी दिक्दारी ! - केन्द्रप्रकाश बराल, इलाम
[२९]
माया
सन्तानमा पोखेर
पीडा सहन्छिन् आमा ! - सुस्मिता अधिकारी, काठमाण्डौँ
[३०]
छाया
आमाको जस्तो
अरूको हुँदैन माया ! - घनश्याम पौडेल, पोखरा
[३१]
आमा
देखाउने संसार
पोखेर सपना हजार ! - रुना कर्माचार्य दाहाल, चितवन
[३३]
अडिएको
मायामा सन्सार
माया अमूल्य भन्सार ! - घनश्याम पन्त, हरिवन, सर्लाही
[३४]
सन्तान
ईश्वरको बरदान
आमाको माया हरदम ! - सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
[३४]
ममता
आमाको खास
उन्कै लाग्छ आस ! - अच्युत घिमिरे, सर्पाङ, भुटान
[३५]
आमा
ममत्वकी खानी
दिन्छिन् हरबखत छहारी ! - प्रमाेद नेपाल
वीरगञ्ज, हाल- काठमाडौ-५
[३७]
स्मृति
ममता आमाको
हुन्छ सुरक्षाको प्रत्याभूति ! - सरस्वती वली
[३८]
आमा
काखमा खेल्दा
आज आँसुले पेल्दा ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[३९]
मायामा
सन्तान रमाउँछन्
आमाको शीतल छायामा ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[४०]
आमा
ममताको खानी
दु:ख सहने बानी ! - भोज विवश मगर
नवलपरासी पूर्व
[४१]
मायाममता
आत्मियतापूर्ण व्यवहार
संसारमा महिमा अपार ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[४२]
ममता
दिन्छ छाया
आमाको अगाध माया ! - शोभा आचार्य गौतम
काठमाडौँ
[४३]
मायाले
संसार चल्दैन
जुध्न छाड्नु पर्दैन ! - लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
[४४]
ममतामयी
परोपकारी गौमाता
सुरक्षित सन्तानको कामना ! - कण्ठराज गिरी, टीकापुर
[४५]
छहारी
शीतलताको अनुभूति
प्रकृति प्रेम उपकारी ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[४६]
संसार
कायाको माया
जीवन रहेछ रामछाया ! - कमला देवकोटा, पाल्पा
[४७]
आमा
मायाकी खानी
सिध्याउँछिन् यिनैमाथि जवानी ! - चक्र शाही, लम्की, कैलाली
[४८]
माया
आफू जलेर
आमाले दिन्छिन् छाया ! - विवश पारदर्शी, झापा
[४९]
आमा
सहनशीला नारी
कष्ट झेल्ने छहारी ! - टीकाराम जाेशी, टीकापुर
[५०]
घाम
देखिने छाया
सबैकाे सन्तानकाे माया ! - भाेलनमान बर्देवा, धरान-८, सुनसरी
[५१]
आमा
मायाको खानी
सन्तानलाई देख्छन् नानी ! - राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
[५२]
संसार
आमाको माया
सन्तानलाई सधैँ अपार ! - शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ