“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय उन्नाइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११९ —————————-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८१/०७/१२
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
पुष्पा सुवेदी नेपाल
भवानी घिमिरे
जमुना आचार्य
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य

पञ्चाङ्ग:०१
शान्तिको दीपलाई जगाउनु पर्छ।
अबदेखि अशान्ति भगाउनु पर्छ।
गरिबी र बेरोजगारी अन्त्य गर्न,
सारा नेपालीलाई मगाउनु पर्छ।
दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
सुशीला पौडेल
पञ्चाङ्ग:०२
सुकर्म धर्म तर किन भुलिएकोछ आज
कुकर्मले संसार यहाँ चुलिएकोछ आज
साहसले अप्ठ्यारोमा सिकाउँदछ हिड्न
प्रभु जाप सबैका लागि खुलिएकोछ आज
प्रभु कृपाले उपवन फुलिएकोछ आज ।
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०३
हरेक ब्यक्तिको आ-आफ्नो उडान हुन्छ
राम्रो उत्पादन गर्न सके सान हुन्छ
स्वास्थ नै धन हो मूलनारा अँगाल्दै
ठाउँ अनुसार सबैको सम्मान हुन्छ
सबै भित्र कुनै कला सीप ज्ञान हुन्छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४
अचेल हरेक चिजको मूल्य बढ्यो भन्छन्
बिहान बेलुका त्यै समाचार पढ्यो भन्छन्
नोट मात्रै छापे नया हजार हजारका
पुरानो मूल्यमान्यता त सबै डढ्यो भन्छन्
अमूल्य वस्तुमाथि पनि मूल्य चढ्यो भन्छन् ।
-पशपती राई खोटाङ
पञ्चाङ्ग:०५
बिना आगो बेगर मानव मुटु जल्छ कसरी,
परिवार साथ बेगर जीवन चल्छ कसरी ।
बाति, तेल बेगर दियो बलेको देखेको छर?
त्यसैले परिश्रम बेगर बाली फल्छ कसरी
जग दह्रो भए फेरि माथि तला ढल्छ कसरी ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग;०६
“””””””””
देखियाे सबैकाे मजबुर रहेछ ताइँ प्रियवर
स्पष्ट भयाे है साँचाे त्याे रहेछ अन्त काइँ प्रियवर
सिद्धान्त आदर्श जलेर खरानी भएकाे छ सारथी
चलेकाे जताततै बेथितिकाे मात्र दाइँ प्रियवर
जनले खाेजेकाे केवल सुशासन चाइँ प्रियवर ।
प्रद्युम्न चालिसे