
समर्पण रम्जान
अल कासिम साउदी अरब । वैदेशिक रोजगारीको सिलसिलामा गत दुई वर्षअघि नेपालको सगरमाथा मेनपावर यात्रा एचआर सोलुसन ओम ओभर्सिज र प्रतिज्ञा कन्सल्टेसीबाट साउदी आएर अलपत्र पर्नुभएका ६० जनामध्ये ३० जना नेपाली श्रमिकहरुलाई गैर आवसीय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल कासिमले इक्जिट भिसा लगाएर नेपाल फिर्ता पठाउन सफल भएको छ ।
नेपालबाट अल हदवा अल सुल्तान र अल समाहा म्यानपावर सप्लाई कम्पनीमा आउनुभएका नेपाली दाजुभाईहरूलाई कम्पनीले साउदिका विविध क्षेत्रहरू दमाम रियाद अलकासिममा तथा अन्य विभिन्न क्षेत्रहरुमा पठाएको थियो।
उक्त सप्लाई कम्पनीले उहाँहरूको एकमा नबनाइदिएपछि काम गरिरहनुभएको कम्पनीले काम गर्नबाट रोकेर निकालिदिएपछि नेपाली दाजुभाईहरु कामबिहिन भएर अलपत्र परेपछि उद्दारका लागि गैर आवश्य नेपाली सङ्घ क्षेत्रीय समन्वय समिति अकासिमलाई सहयोगको लागि अनुरोध गरेका थिए ।

पीडित भएको जानकारी पाए लगत्तै एनआरएनए आइसिसीका सदस्य तथा नेपाली राजदुतावास रियादका अलकासिम प्रतिनिधि विशाल श्रेष्ठ कुमार र एनआरएनएआरसीसी अल्कासिमका प्रवक्ता अलि उर्सिन मियाँ ले स्थलगत भ्रमण गरी पीडितहरूको वास्तविक अवस्थाको बारेमा सत्य तथ्य पत्ता लगाई राजदूतवास रियादलाई जानकारी गराएका थिए।
उक्त सप्लाई कम्पनीहरूले कामदारहरु कसैको एक वर्ष कसैको डेढ वर्ष र कसैको दुई वर्षसम्म पनि एकमा रिन्यु नगरिदिएको र काम गरिरहेका कम्पनीहरूले निकाल्दिएको अवस्थामा उहाँहरु आफ्नो अलकासिमा रहेको हेड अफिसमा सबै ठाउँबाट जम्मा भएको जानकारी बिशाल श्रेष्ठले दिएका छन्।

उहाँहरूको एक्जिट भिसाको लागि नेपाली राजदूतावास रियादसँग समन्वय गर्दै उनैजा लेबरकोटमा एक्जिट भिसाको लागि सामूहिक निवेदन दिएको थियो। ६० जनाको निवेदन दिएकोमा ३० जनाको एक्जिभिजा लागिसकेको र बाँकी अरु ३० जनाका साथै दिनहु अन्य क्षेत्रबाट आउनुहुने नेपालीहरूको पनि एक्जिटको लागि फर्म बुझाइएको समाजसेवी तथा एनआरएन आइसिसीका सदस्य विशाल श्रेष्ठले जानकारी दिएका छन् । उहाँहरूको एक्जिट भिसाको लागि निरन्तर रुपमा फलोअप गरिएको यसैगरी जुन मेनपावरबाट आएका थिए त्यो मेनपावरलाइ कारबाही गर्न र यहाँका सप्लाइ कम्पनीहरुलाई भिसा रोक्का गर्न तथा श्रम स्वीकृत रोक्का गर्नलाइ सम्बन्धि पक्षमा निवेदन दिसकिएको पनि बिशाल श्रेष्ठले जानकारी गराए ।
बाकीँ रहेका नेपालीहरुको पनि छिटै इक्जिट लाग्ने कुरा अबगत गराउदै इक्जिट लागेका क३० जना नेपालीहरु गत २७,२८ र २९ सेप्टेम्बरमा नेपाल फर्किसकेका पनि जानकारी गराए ।
त्यसै गरि गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति आफ्नो पेजबाट एक सूचना जारी गर्दै उक्त मेनपावरहरुबाट यी सप्लाइ कम्पनीहरूमा नआउनको लागि पनि अनुरोध गरेको छ।


Hemen takipçi satın al Google SEO, dijital pazarlama stratejimizin temel taşı oldu. https://royalelektrik.com//esenyurt-elektrikci/