
साउदी अरब! रास्वपा निकट प्रवास विभाग “प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबले आज मिति २५ अक्टोबर शुक्रबारका दिन साउदीअरवको रियाद स्थित नेपाली कुटनितिक नियोग – नेपाली राजदुताबासमा सहकारी पिडित को रकम फिर्ता गर्न दबाब दिदै ज्ञापन पत्र बुझाएको छ ।
नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रास्वपा साउदीअरबले बिबिध बुँदामा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको प्रबास बिभागका उप सचिब घनश्याम खत्री घायल ले अबगत गराएका छन् ।
प्रवास नेपाल सम्पर्क विभाग साउदी बाट उपसचिव घनश्याम खत्री घायल, सहकोषाध्यक्ष – पदम थापा वतार, सदस्य दलबहादुर बुढा, शाखा रियाद बाट सभापति मनिष लामा, सचीव उमेश भट्ट द्वारा दूतावास रियादका प्रथम सचिव टोप नारायण गीरी लाई बुझाइएको थियो ।

दूतावासमा बुझाइएको ज्ञापन-पत्र जस्ताको त्यस्तै
विषय: ज्ञापन-पत्र पेश गर्ने सम्बन्धमा
सम्माननीय प्रधामन्त्री ज्यु,
उपरोक्त सम्बन्धमा सहकारी ठगीसम्बन्धि संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सहकारी ठगीमा संग्लन वास्तविक व्यक्तिहरुलाई खोजि कार्य गरि कानुनी कारबाही गरी पिडित जनताको रकम फिर्ता गराउन पर्ने नेपाल सरकारको दायित्वप्रति सरकार बेखबर रहेको देखिन्छ| सहकरीबाट कुनै पनि रकम अपचलनमा कुनै संलग्नता नभएको स्पस्ट प्रमाणित भईसकेको अवस्थामा पनि, जनताले ठुलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटनाप्रति प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब घोर निन्दा र आपत्ति प्रकट गर्दछ|
तपशिलमा उल्लेखित बुदाँहरुलाई नेपाल सरकारले यथाशिग्र कार्यन्वयन गर्नु पर्ने माग सहित नेपाली राजदूतावास रियाद, साउदी अरबका कार्यवाहक महामहिम राजदूत, श्रीमान डा. डमरु बल्लब पौडेल ज्यु मार्फत नेपाल सरकारलाई यो ज्ञापन-पत्र बुझाएका छौँ|
तपशिल:
१. राजनीतिक प्रतिशोधको अन्त्य: सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रबि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भईसकेको अवस्थामा पनि सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटना प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं| उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणाली मार्फत निष्पक्ष छानबिन गरियोस भन्ने हाम्रो माग छ|
२. सहकारी ठगीको न्यायिक कारबाही: सहकरीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने अपचलन गर्ने दोषीहरुबारे विस्तृत छानबिन गरि कानुन अनुसर कारबाही गरियोस| सहकारी र मिटर ब्याजी पिडितहरुको समस्या समाधानका लागि जिल्ला प्रशाशन कार्यालयहरुमा हेल्प डेस्कको स्थापना तुरुन्त गरियोस|
३. सहकारी पिडितहरुको संरक्षण: सरकारको तर्फबाट आवस्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई सत्यतथ्य छानबिन गरी कारवाही गरियोस|
४. भुटानी शरणार्थी प्रकरणको छानबिन: भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
५. जग्गा प्रकरणको छानबिन: ललितानिवास, बाँसबारी, टिकापुर जस्ता जग्गा प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
६. भष्ट्राचारजन्य जग्गा दान छानबिन: सत्तारुढ दल नेकपा एमाले र ललितानिवास जग्गा प्रकरणमा संलग्न ब्यापारी बीचको जग्गा दान सम्बन्धि भष्ट्राचारजन्य अपराधको गहिरो छानबिन गरियोस|
७. विशेस छानबिन आयोगको गठन: २०४६ सालपछि भएका सम्पूर्ण भष्ट्राचारजन्य अपराधहरुको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय विशेष छानबिन आयोग गठन गरि दोषीहरुलाई कडा कानुनी कारबाही गरियोस|
धन्यवाद!
प्रवास नेपाली सम्पर्क विभाग,
साउदी अरव