अविरल वर्षाबाट प्रभावित जनजीवनप्रति “नेपाली साझा मञ्च” साउदी अरबको सहयोगको लागि अपिल

  • १६ आश्विन २०८१, बुधबार ००:२१ मा प्रकाशित
  • समर्पण रम्जान

    दम्माम साउदी अरब ! नेपाली साझा मञ्च साउदी अरबले नेपालका विभिन्न भागमा अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, र डुबानबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको लागि अपिल गरेको छ ।
    मञ्चले यस विपत्तिमा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित यो प्राकृतिक विपत्तिमा परेका सबैलाई आवश्यक सहयोग पुर्‍याउन एक बिग्यप्ती सहित सबैजनमानसमा अपिल गरेको छ।

    नेपाली साझा मञ्चले अविरल वर्षाले जनजीवनमा पुर्‍याएको क्षति प्रति चिन्ता व्यक्त गर्दै देशभरका प्रमुख सडकहरू, पुलहरू, र राजमार्गहरू बन्द हुँदा यातायातमा परेको अवरोध तथा किसानहरूको नष्ट भएको तयारी बालीको पीडालाई केही मल्हम लगाउन पनि सहयोगको लागि अनुरोध गरेको  छ। यस विपत्तिले हजारौं नागरिकको घर, निजी सम्पत्ति, र खेतीपातीमा ठूलो क्षति पुर्‍याएकोमा मञ्च दुखित भएको बताएको छ।

    साझा मञ्चले नेपाल सरकारलाई तत्काल राहत र उद्धारमा प्रभावकारी पहल गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, र क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न आग्रह गरेको छ। साथै, मञ्चले बाढी, पहिरो, र डुबानबाट प्रभावित सबै नागरिकलाई आवश्यक सहयोग पुर्‍याउन देश र विदेशमा रहेका नेपालीहरूलाई अपिल गरेको छ।

    यस आपतकालीन परिस्थितिमा साउदी अरबमा रहेका नेपालीहरू पनि आफ्ना देशका नागरिकहरूको उद्धार र पुनःस्थापनामा सहभागी हुन तयार रहेको मञ्चले जानकारी दिएको छ। नेपाली साझा मञ्च साउदीले देश र विदेशका सबैलाई राहतका लागि सहकार्य गर्न आह्वान गर्दै संकटमा परेका नागरिकलाई आवश्यक सहयोगका लागि सहयोगी हातहरू बढाउन विनम्र  आग्रह गरेको छ।

    Leave a Reply