दाङका प्रमुख जिल्ला अधिकारी सार्वजनिक रक्षाबन्धन कार्यक्रममा

  • ४ भाद्र २०८१, मंगलवार ०७:५४ मा प्रकाशित

  • भाद्र ३ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङकाे उत्तरवाहिनी त्रिवेणी धाम शुक्रवारमा संचालित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत मा.वि (गुरुकुल) का वटुकहरुबाट घाेराहीकाे भानु चाेक तथा दामाेदर चाेकमा सार्वजनिक रक्षावन्धनकाे कार्यक्रम सम्पन्न भएकाे छ ।दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीज्यूकाे प्रमुख उपस्थितिमा गुरुकुलका वटुकहरुकाे स्वस्ति वाचन बाट शुरुवात गरिएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूले आफैबाट रक्षाबन्धन गरी शुभारम्भ भएकाे थियाे ।
    जिल्लाका अभिभावक प्रमुख जिल्ला अधिकारीज्यूकाे प्रमुख उपस्थितिमा संचालित सार्वजनिक रक्षा वन्धन कार्यक्रमले हामीलाई सद्भाव , हाैसलाका साथै प्रेरणा प्रदान गरेकाे छ , सबैकालागि सर्व सुलभ रुपमा रक्षाबन्धनकाे सेवा प्रदान गर्ने नै गुरुकुलकाे आजकाे प्रमुख उद्धेश्य रहेकाे साथै आगामि दिनमा कसरी सर्वसुलभ तरिकाले हाम्रा चाडपर्वकाे महत्वलाई सबै माझ सरलीकृत तरिकाले बुझाउन सकिन्छ यसका बारेमा पनि गुरुकुलले नयाँ याेजना बनाउँदै लैजानेछ ।दाङ जिल्लामा संचालित गुरुकुलीय गतिविधिलाई समाज संग जाेडेर लैजानकालागि व्यवस्थापन समितिकाे यस बारेमा चासाे रहेकाे कुरा आश्रम तथा गुरुकुल व्यवस्थापक प्रकाश भट्टराईले कार्यक्रममा जानकारी गराउनु भयाे । भानु चाेक र दामाेदर चाेकमा बिहान ७:४५ देखि १० बजे सम्म साथै अन्य सार्वजनिक स्थान मठ मन्दिरमा गरि हजाराैंकाे संख्यामा गुरुकुलका वटुकहरुबाट रक्षाबन्धनकाे पुण्य अबसर प्राप्त गर्नु भएकाे थियाे ।

    श्रोत- सरस्वती कुटीबाट मेसेन्जरमा प्राप्त समाचार

    Leave a Reply