
घर घर गुरुकुल अभियानकाे दाङ गुरुकुलमा सहयाेग :
भाद्र १ दाङ /घाेराही उपमहानगर पालिका ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धाम स्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय गुरुकुल नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा संचालित एक प्रयासरत गुरुकुल हाे ।
गुरुकुलमा कक्षा ४ देखि ९ सम्म नेपाल लगायत मित्र राष्ट्र भारतबाट आएका ३० जना छात्र वटुकहरु अध्ययनरत छन् ।
पछिल्लाे समय दाङ गुरुकुलमा देखिएकाे खाद्यान्न अभावकाे समयमा घर घर गुरुकुल अभियानकाे ध्यानाकर्षण भएकाे छ ।यस अभियानका संयाेजकआदरणीय गुरु आचार्य कपिल सुवेदीज्यूबाट उक्त अभियानकाे फेसबुक सञ्जाल मार्फत सूचना प्रवाह गरी गुरुकुलमा देखिएकाे समस्यालाई सद्भाव गर्नुभई अभियानका शिक्षार्थीहरुकाे तर्फबाट रु ६६,८८८/- खाद्यान्नकालागि सहयाेग प्रदान भएकाे छ । उक्त सहयाेग रकमबाट गुरुकुल संचालनमा देखिएकाे खाद्यान्न लगायत अन्य अति आबस्यक सामग्रीहरु खरिद गरिने कुराकाे जानकारी दाङ गुरुकुलका प्रशासन ब्यवस्थापककाे रुपमा निरन्तर खटिनु भएका गुरु प्रकाश भट्टराईज्यूले गराउनु भयाे ।
सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा त्यसकाे निरन्तरताकालागि घर घर गुरुकुल अभियान संस्कृत पठन पाठन गर्न ईच्छुक दिदीबहिनी ,माता तथा सम्पूर्णकालागि सकृय रुपमा लागिपरेकाे अभियान हाे ।हाल सम्म उक्त अभियानले ३७ वटा समूह बनाई हजाराैलाई संस्कृत शिक्षा पठन पाठनकाे वातावरण निर्माण गरि आफ्नाे उद्धेश्यमा अगाडि बढिरहेकाे छ ।
हाम्रा वैदिक धार्मिक ग्रन्थहरुलाई सरल तरिकाले सिक्ने सिकाउने वातावरण बनाउदै लगि यस अभियानले काठमाण्डाै,चितवन ,हेटाैडामा शाखा विस्तार गर्दै दाङमा पनि कार्यक्रम संचालन गरेकाे छ ।सहभागिहरुलाई विभिन्न सदनमा संगठित गरि हरेक एकादशीमा मठ,मन्दिर लगायत आश्रम गुरुकुलमा हाम्रा चाडपर्वहरुकाे महत्वलाई बुझाउने क्रममा एकादशीपूजन , माहात्म्यपाठ पारायण तथा व्रतकथा श्रवण कार्यक्रमहरुकाे आयोजना गराउँदै उक्त स्थानहरुकाे धार्मिक तथा पर्यटकिय स्थलहरुकाे भ्रमण गराउँदै आएकाे छ ।
अहिले यस अभियानले दाङ,प्यूठान जिल्ला लगायत भारतीय समाजमा पनि श्रद्धाकाे रुपमा पूजिएका सबैका आस्थाका केन्द्रमा रहनु भएका स्वर्गद्वारी महाप्रभुकाे नाममा सदन तयार गरि प्रशिक्षणकाे कार्य सुरु गरेकाे छ ।आउँदा दिनहरुमा सबै जिल्लाहरुमा समूह विस्तार गर्दै लैजाने अभियानका संयाेजक आचार्य कपिल सुवेदीलेज्यूले जानकारी गराउनु भयाे ।
La weekly I do not even understand how I ended up here, but I assumed this publish used to be great