
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:

साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१]
प्रयास
राखे जारी
असम्भव पनि सम्भव !
- वसन्त अनुभव
[२]
निरन्तरता
क्रमिक साधना
पहरामा फुल्ने कुसुम ! - आर्त अकुलीन
[३]
साहस
बटुले निरन्तर
सफलताको चढिन्छ शिखर ! - अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[४]
सफलता
कर्ममा हुन्छ
जसले शिखर चुम्छ ! - ताराप्रसाद चापागाईँ
धुनिबेसी, धादिङ
[५]
जसको
साहस हुन्छ
उसले शिखर चुम्छ ! - बेदु न्यौपाने
[६]
संघर्ष
निरन्तर गरे
सफलता अवश्य मिल्छ ! - अनिता भण्डारी, ताप्लेजुङ
[७]
परिस्थिति
दोष उसैको
भ्रमपूर्ण जीवन कसैको ! - घनश्याम पन्त
हरिवन, सर्लाही
[८]
प्रयास
निरन्तर लागे
असम्भव कुनै छैन ! - धनमाया चौधरी, कैलाली
[९]
प्रगति
घमण्डले हुँदैन
सोचमा कहिले छुँदैन ! - अम्बिका अधिकारी
झापा, बिर्तामोड
[१०]
निरन्तर
गरे प्रयास
असम्भव भन्ने हुँदैन ! - डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा. पा.-६, दोलखा
[११]
त्याग
गरेमा जीवनमा
सफल अवश्य अन्तमा ! - सुरेश न्यौपाने
[१२]
बाख्रो
चढ्यो रुखमा
सुखा खडेरीको दुःखमा ! - विवश पारदर्शी
झापा,
[१३]
इच्छाशक्ति
उन्नतिकाे गाेरेटाे
लाग्याे दायाँबायाँ नहेरी ! - प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[१४]
चिया
बेचेर पनि
हुन्छन् मानिस धनी ! - नागेन्द्रप्रसाद यादव
[१५]
बाँच्न
गर्दैछु सङ्घर्ष
रुखमा चढेर नाँच्न ! - शोभा आचार्य गौतम
काठमाडौँ
[१६]
ख़तरा
कठिन प्रयास
जीबन भोक प्यास ! - मधुसूदन रोल्पा
[१७]
प्रयास
फेर्ने काँचुली
जहिले चुम्ने हिमचुली ! - रुना कर्माचार्य दाहाल, चितवन
[१९]
भोक
रुख चढ्छ
पेटको मुसा जो ! - गोपेन्द्र रिजाल, पाँचथर
[२०]
लक्ष्यमा
प्रयास गरेमा
पुगिन्छ अगाडि सरेमा ! - भगवती दवाडी, दमक, झापा
[२१]
भुइँ
उजाड भयो
लाग्यो आकाश हरियाली ! - नन्दलाल आचार्य,
सिद्धार्थटोल, उदयपुर
हाल- एनेलकुटी, सिरहा
[२२]
चारो
टुप्पोमा रहेको
हुँदैन खान गाह्रो ! - होमप्रसाद नेउपाने
धरान, सुनसरी
[२३]
देश
हुन्छ राम्राे
एकता भए हाम्राे ! - डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
[२४]
प्राणी
जन्मेको संसार
भोक मेटाउने आधार ! - बुद्धिप्रसाद लामिछाने, कैलाली
[२५]
सङ्घर्ष
घाँसको निम्ति
बाख्रा चढ्यो रुखमा ! - सुस्मिता अधिकारी, काठमाडौँ
[२६]
आँट
हुँदा संसार
सारा भरिपूर्ण हुन्छ ! - लक्ष्मी रिजाल
रुपनगर, सप्तरी
[२७]
यात्रा
उकाला बाटाहरू
काँचुली फेर्ने प्रयास ! - हिमाल अम्मै
घोडाघोडी, कैलाली
[२८]
प्रगति
घमण्डले गर्दा
हुने गर्दछ दुर्गति ! - सरस्वती वली
[२९]
सफल
निरन्तर गर
कसैको भर नपर ! - कला ढकाल, झापा
[३०]
प्रयास
निरन्तरताको खाँचो
खुल्छ असम्भवको साँचो ! - तोयानाथ चापागाईं
दमक, झापा
[३१]
मीठाे
सफलताको शिखरमा
भुइँ छाडेको आनन्द ! - टीकाराम जाेशी, टीकापुर
[३२]
हिम्मत
नपर्ख किस्मत
हुनुपर्छ आफैँमा हिक्मत ! - रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३३]
भोक
गर्दैन ख्याल
परिस्थिति ठाउँ समय ! - समुन्द्रा शर्मा, सुनसरी
[३४]
भए
प्रयास कडा
भेटिन्छ आकाशका तारा ! - केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३५]
श्रम
पेटका लागि
एक निरन्तर कर्म ! - कविता आचार्य, कैलाली
[३६]
कोशिस
निरन्तर गर्नुपर्छ
असम्भव पनि सम्भव ! - दीपा समभाव, खोटाङ्ग
Wow superb blog layout How long have you been blogging for you make blogging look easy The overall look of your site is magnificent as well as the content
Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply