
उमान घर्ती मगर,रोल्पा।
रोल्पा जिल्ला लुङ्ग्री गाउँपालिका वडा नं. ७ मा पर्ने श्री ज्योती प्राथमिक विद्यालय पालिकाको अन्य बस्ती भन्दा बिकट गाउँले चिनिन्छ । जहाँ मोटरबाटो , खानेपानी , अस्पताल विद्युत एवं अन्य सेवाबाट टाढै छन् ।सोही गाउँका बिद्यार्थीहरु आधारभूत तह तथा अन्य तहका शिक्षा हासिल गर्न गुम्चाल जानुपर्छ ।जुन विद्यालय सुरुवात देखि हाल सम्म स्थानीय सरकार र अन्य निकायको नजरमा नपरि सेवाबाट बन्चित भइ संरचना जस्ताको त्यस्तै पुरानै छ। उक्त बिद्यालय बिदाको समयमा अत्यन्तै जथाभावी फोहोर हुने एवं व्यवस्थापनमा कमजोर हुने गर्दछ ।

त्यस ठाउँका एक युवक खिम घर्ती मगर जब बिदेशबाट फर्किए।उनी फर्किए लगत्तै त्यस बिद्यालयमा ध्यान पुग्यो।उनले बालबालिकाको गुणस्तरीय शिक्षा अध्ययन गर्नुपर्छ भन्ने उद्देश्य एवं उचित व्यवस्थापनको लागि स्थानीय सरकार तथा वडालाई आवश्यक बजेट मागका साथै ध्यानाकर्षण गराएपछि वडाले बिद्यालयको अवस्थालाई बुझी तारबारको लागि केही बजेट दियो।उनै घर्तीको पहल अनि प्रयासमा स्थानीयकोसमन्वय गरि आफैले उपभोक्ता समिती गठन गरे। स्थानीयको सहमति अनुसार उनी समितिको अध्यक्षमा चयन भए। चयन भएसङ्गै गाउँका जनता , शिक्षक , वि. व्य. समिति सबैको प्रयासमा तारबार (घेराबन्दी) सम्पन्न भएको छ।