हस्पिटलमा उपचाररत बिरामीलाई नेपाली सझा मञ्च  साउदी अरबले गर्‍यो आर्थिक सहयोग   

  • २२ फाल्गुन २०८०, मंगलवार ०१:४४ मा प्रकाशित
  • समर्पण रम्जान / जेद्दा

    काठमाडौ नेपाल ! जन्डिस बिग्रीएर विगत केहि दिन देखि वीर अस्पताल काठमाडौमा उपचाररत विदुर नगरपालिका वडा १३ नुवाकोट कागुनेका  कुमार श्रेष्ठको उपचारका लागि नेपाली सझा मञ्च  साउदी अरबले आर्थिक सहयोग गरेको छ ।

    जन्डिस बिग्रीएर कलेजोको समस्या भइ उपचार गरिरहेका श्रेष्ठको आर्थिक अबस्था एकदम नाजुक भएको कारण थप उपचारको लागि अपिल आएलगत्तै  नेपाली साझा मन्च साउदीले आफ्नो समन्वयमा ने. रु. १७,५४२/- अक्षरूपी सत्र हजार पाँच सय बयालीस   सहयोग हस्तान्तरण गरेको छ।

    प्रवासमा रहेर पनि बिदेश तथा स्वदेशमा पीडित रहेका नेपालीहरुलाइ नेपाली साझा मञ्चले आफ्नो परिवारको एकछाक गाँस काटेर भएपनि पीडितको सहयोग  अभियानमा सहयोग गर्दै आएको छ ।

    सहयोग बिक्रम थापा झापा बाट नेरु ११११,सुरज जैरु,नुवाकोट बाट – ३४७०, समिता गुभाजु बाट ३१११, काजी गुरुङ काठमाडौ बाट ३२७५, राज कुमार जैरु नुवाकोट बाट -३२७५, सुमन (टिका) रोक्का ,स्याङ्जा बाट १६५०, राम खवास ,पर्वत बाट १६५० गरि जम्मा १७,५४२ हस्तान्तरण गरेको छ ।

    संस्थाले अझै उहाँको उपचारका लागि सहयोग गर्न चाहनु हुने साथीहलागी बिरामीलाई सिधै सम्पर्क गरेर सहयोग गर्न पनि आफ्नो फेसबुक पेजद्वारा अनुरोध गरेको छ।

    Leave a Reply