भलिबल प्रतियोगितामा युवा क्लब जेद्दाद्वारा पहिलो स्थान हासिल गर्न सफल

समर्पण रम्जान, जेद्दा साउदी अरब !
ईस्लाम धर्मावलम्बीहरुको महान पवित्र महिना रमदानको पावन अवसरमा ईस्लामिक दावा सेन्टर नेपाली बिभाग सनैया जेद्दा द्वारा गत १५ मार्च शुक्रबारका दिन आयोजित इफ्तारी पार्टी तथा भलिबल प्रतियोगिता कार्यक्रम भब्यताका साथ सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा नेपाली युवा क्लब जेद्दा बिजयी भइ पहिलो स्थानको ट्रफी उचालेको छ ।

दावा सेन्टरका नेपाली दाइ मन्जुर अलि मियाँको सभापतित्व, र नेपाली महाबाणिज्य दूतावास जेद्दाका बाणिज्य दुत सत्रुध्वन पोखरेलको प्रमुख आतिथ्यमा युसुफ मियाँद्वारा संचालित उक्त कार्यक्रममा दावा सेन्टरका मुदिरहरु, एनआरएनए साउदिका उपाध्यक्ष राज गिरि लगायत अन्य एनआरएनए एनसिसि तथा आरसिसि जेद्दाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका पदाधिकारीहरु र खेल प्रेमी दाजुभाइ दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
प्रमुख अतिथिको मन्तव्य सहित कार्यक्रमको पहिलो चरण सकिए लगत्तै उपस्थित सबै पाहुना तथा नेपाली खेल प्रेमी दाजुभाइहरुलाइ खाना सहितको इफ्तारी खुवाइएको थियोे ।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथिले भलिबल सर्भिस गरेर भलिबल प्रतियोगिता सुरु गरिएको थियो । प्रतियोगितामा १३ टिमको सहभागीता रहेको थियो । जस मध्येबाट नेपाली युवा क्लब र पोखरा टिम ए बिच भएको प्रातिस्प्रधामा नेपाली युवा क्लब जेद्दा बिजयी भयो भने पोखरा टिम ए ले दोस्रो स्थान हासील गर्यो ।
निशुल्क खेलाइएको उक्त भलिबल प्रतियोगिताका बिजेता टिम नेपाली युवा क्लब जेद्दालाई आयोजकको तर्फबाट मन्जुर अलि मियाँले मेटल लगाइदिदैँ ८०० साउदी रियल (ने रु २८,०००) ट्रफी, र दोस्रो हुनेलाइ एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरञ्जीवी बस्नेतले मेटल लगाइदिदैँ ५०० साउदी रियल (ने रु १७५००) पुरस्कार स्वरुप प्रदान गरेका थिए ।
