
वीरगञ्ज।वीरगंजमा प्रथम श्री जगन्नाथ रथ यात्रा सम्पन्न भएको छ।
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन वीरगंज ) द्वारा प्रथम ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव वीरगञ्ज स्थित घण्टाघर चोकमा बिभिन्न झाकि प्रस्तुत गर्दै आरती गरिएको थियो।
घण्टाघर चोकबाट निस्केको जगन्नाथ रथयात्रामा भक्तजनहरूले राधे राधे,हरे राम हरे कृष्ण कृष्ण हरे हरे,हरे कृष्ण नारायण गोपाल भन्दै नारा लगाएका थिए।
जगन्नाथ रथयात्रा महामहोत्सवको नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा स्कर्टिङ गरेका थिए स्कर्टिङ गर्दै माइस्थान,महाबिरस्थान, आदर्शनगर,अलखियामठ हुदै पुरानो बसपार्कमा सम्पापन भएको थियो।
जगन्नाथ रथयात्रा पर्साका संस्थापकचार्य श्री श्रीमद ए.सि. भक्तिवेदान्त स्वामी प्रभुपाद ले भने रथयात्रा काठमाडौ , विराटनगरमा निकालीदै आज वीरगञ्जमा पहिलो पल्ट निकाल्न लागिएको बताए।
भारतको उडिसा राज्यको जगन्नाथ पुरी बाट यसको शूरुवात भएको थियो । उक्त रथयात्रा विश्वको कुनै न कुनै स्थानमा १२ महिनै हुँदै आइरहेकोले प्रथम वर्ष मनाउन लागिएको आयोजकले जानकारी दिए।
रथयात्रामा कृष्णभावनामृत संघका पदाधिकारी, वीरगंज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह, बिभिन्न हिन्दू संगठनका अगुवा लगायत भक्तजनहरूको उल्लेखनिय सहभागिता रहेको थियो।