“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसठ्ठऔंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०९/ १९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६१ [एकसठ्ठीऔं ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन

सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
चित्रमा पञ्चाङ्ग
पञ्चाङ्ग:०१
खेतमा छ अनाज दुख छैन।
राेटी खाने नि अब मुख छैन।
फर्केर आउ है मातृभूमिमा,
हेर परदेशमा सुख छैन।
त्यहाँ छहारी दिने रूख छैन।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
हाम्रो देश कसले बनाउने हो ज्ञात छैन।
भूकम्प पीडित नरोएको कुनै रात छैन।
मन्त्रीहरू हेलिकप्टरमा घुमफिर गर्छन्,
गरीब जनताको भोको पेटमा भात छैन।
जाडो हुँदा ओढ्ने कम्बल र बस्ने थात छैन ।
- • देवी पन्थी
पञ्चाङ्ग:०३
संयाेगले जुराएकाे भेटलाई सम्झन्छु ।
आकाशमा उडी हिड्ने जेटलाई सम्झन्छु ।
जति दुःख गरे पनि भरिँदै नभरिने ,
सँगसँगै भाकाे यही पेटलाई सम्झन्छु ।
देश भेष आफ्नाे भाषा ठेटलाई सम्झन्छु ।
भवानी घिमिरे
सर्लाही ,
पञ्चाङ्ग:०४
परम्परा बुझ्ने पनि बेला हुनुपर्छ।
सबैजना बुझ्ने जति भेला हुनुपर्छ।
हाम्रै संस्कृतिमा विज्ञान पाएका छौँ,
हाम्रो सत्य सभ्यताको मेला हुनुपर्छ ।
पौरखीको नै हातमा ठेला हुनुपर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०५
आगो पनि बलेको छ कि छैन कुन्नी?
गुजारा त्यो चलेको छ कि छेन कुन्नी?
देखाउन मात्रै हो जस्तो पनि लाग्छ,
रोटी कत्ति गलेको छ कि छैन कुन्नी?
हृदय त्यो जलेको छ कि छैन कुन्नी?
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:०६
अभावमा बिगतको रोटी सम्झिन्छन्।
नेताले जनतालाई गोटी सम्झिन्छन्।
राम्रो मिठो खानाको महत्व छदैछ ,
दुःखमा ईश्वर कोटी कोटी सम्झिन्छन् ।
आफ्नो संस्कृती किन हो खोटी सम्झिन्छन्।
सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०७
बलेको आगोमा देखियो गुजरा कसरी चलेको छ।
चित्रमा देखेर लेखियो गुजरा कसरी चलेको छ।
बिहान र बेलुका हात र मुख जोडन धौ धौ होला,
बास त्रिपालले छेकियो गुजारा कसरी चलेको छ।
साना खुट्टा खाली टेकियो गुजारा कसरी चलेको छ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०८
कोहीलाई चौरासी व्यञ्जन, कोही रोटी बेलेर खान्छन्।
त्यही रोटी पनि दिनभरि ठेलागाडा ठेलेर खान्छन्
मान्छे-मान्छे एउटै हो रगत त सबैको रातै हुन्छ,
तर मान्छेले मान्छेकै रगतमा होलि खेलेर खान्छन्।
यहाँ त बलियाले निर्धालाई जहिल्यै पेलेर खान्छन् ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग०९
निभेको आगोमा रोटी कसरी पकाउने होला।
मुछेको पीठो अझै छ कसरी सकाउने होला।
दुई दिने जीवन मा जीवन धान्न गाह्रो भयो,
रोटी खान त कुर्दा कुर्दै त्यसै थकाउने होला।
नेताले जनतालाई छकाए झै छकाउने होला।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:१०
रोटी छोटी या मोटी बेल्नै पर्ने छ ।
आगो बाल्न दाउरा पेल्नै पर्ने छ ।
रुख्खा सुख्खा पेट पूजा गर्नै पर्यौ,
जहानको झमेला झेल्नै पर्ने छ ।
काम सकि मेलामा खेल्नै पर्ने छ ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:११
आफु स्वस्थ रहन कहिलेकाहीँ राेटी खानु पर्छ।
जिउ घटाउनत बारीमा काम गर्न जानु पर्छ।
जस्तो भएनी आफ्नै आँटाेपिठाेमा रमाएकाे राम्रो,
केही कुरा फलेभने बजारमा बेच्न लानु पर्छ।
परिश्रमले नै सफलता मिल्छ भन्ने ठानु पर्छ।
उर्मिला के.शी.
धनकुटा
पञ्चाङ्ग:१२
झुपडीमा गई हेर आगो बलेको छ,छैन।
मेहनतीको खेतमा हेर फलेको छ,छैन।
जति दुुःख गरेपनि दुई छाक टार्न गाह्रै छ,
जिन्दगीको गाडी हेर सजिलै चलेको छ,छैन।
दुःखीको मन बुझ पिडाले त्यो जलेको छ,छैन ।
शोभा आचार्य गौतम
काठमाडौँ

