जेद्दाको अल रवाबीमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुदैँ ।

  • ३ माघ २०८०, बुधबार १७:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब! नेपाली महावाणिज्यदुतावास जेद्दा र गैरआवासीय नेपाली संघ, क्षेत्रीय समन्वय समिति जेद्दा, साउदी अरबको संयुक्त आयोजनामा अगामी  २ फेब्रुअरी २०२४ शुक्रवारका दिन जेद्दाको अल रवाबी क्षेत्रमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुने भएको छ ।

    महाबाणिज्य दूतावास जेद्दा देखी करिब ३५-४० किलोमिटरको दुरिमा रहेको जेद्दाको अल रवाबी तथा वरपरका क्षेत्रहरूमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ राहदानी नविकरणबाट प्रत्यक्ष सेवा दिने र साउदी अरबमा  कार्यरत रहदै गर्दा अपनाउनु पर्ने सचेतना सम्बन्धि बिस्तृत जानकारी दिने र स्वास्थ्य चेक अप समेत गराइ स्वास्थ्य सम्बन्धि  परामर्श दिने उद्देश्यका साथ संचालन हुने उक्त कार्यक्रमबाट डेड दुई सय नेपालीहरु लाभान्वित हुने जेद्दा स्थित  एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरिले जानकारी गराएका छन्  ।

    मुलतः पुर्ण श्रमिकमैत्री हुने उक्त कार्यक्रममा श्रमिकद्वारा उठाइएका श्रम सम्बन्धित समस्या तथा जिज्ञासाहरुलाइ  सम्बोधन गर्ने, समाधानका उपाय बारे जानकारी दिने, सामाजिक सुरक्षा कोषबारे बिस्तृत जानकारी दिने, नेपाली डाक्टर तथा नर्सहरुद्वारा स्वास्थ्य चेकअप गर्ने, साथै केहि मात्रामा भएपनि बैंकिङ्ग सेवा दिने कुरा उपाध्यक्ष गिरिले जनाएका छन् । 

    शुक्रबार दिउँसो १ बजेदेखि सुरु हुने उक्त कार्यक्रम श्रमिकका लागि  निकै फलदायी रहेको र यस्तो कार्यक्रम आगामी दिनहरू बिरैलै हुने जानकारी दिदै उक्त कार्यक्रममा उपस्थित भएर भरपुर सेवा लिनका लागि जेद्दा स्थित अल रवाबी वरिपरिका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाइ गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती जेद्दाले आफ्नो फेसबुक पेजद्वारा सूचना जारी गर्दै  हार्दिक आब्हान पनि गरेको छ ।

    कार्यक्रम आयोजकले यदि कोहि कसैलाइ राहदानीका लागि अनलाइन फारम भर्नु छ या कार्यक्रम बारे अन्य बृस्तित जानकारी लिनु छ भने तलको सम्पर्क नम्बरमा कल गर्न समेत अनुरोध गरेको छ ।

    थप जानकारीका लागी निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ ..!

    चिरञ्जीवी बस्नेत 054 504 5597
    रम्जान दिन मियां 0556565419
    ताम्रराज काफ्ले 050 687 9434
    बिष्णु रावल    0577486243

    अनलाईन प्रि-इनरोलमेन्ट लिन्क:
    https://emrtds.nepalpassport.gov.np/

    कार्यक्रम लोकेसन
    Location 👇
    https://maps.apple.com/?ll=21.479342,39.265217&q=Jeddah%20-%20Ar%20Rawabi%20District&t=m

    3 thoughts on “जेद्दाको अल रवाबीमा राहदानी नविकरण,श्रमिक सचेतना तथा स्वास्थ्य परिक्षण कार्यक्रम संचालन हुदैँ ।

    1. you are in reality a just right webmaster The site loading velocity is incredible It seems that you are doing any unique trick In addition The contents are masterwork you have performed a wonderful task on this topic

    Leave a Reply