
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
न उठेर ~~~~सुख पाएँ हजुर न बसेर,
लाग्दैछ हिँड्नु पो पर्छ कि खरानी घसेर ।
✍️
वसन्त अनुभव
घोराही, दाङ

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१)
गराउँछन् सधैँ घरमा छि: छि: अनि दुर दुर,
बस्नै मन लाग्दैनँ हजुर ! बिग्रिरहन्छ सुर ।
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
२)
यस्तै रहेछ नि मुर्दारहरूले ल्याएको नयाँ चलन,
आराम होला भन्ठानेको त झन् बढ्येा यहाँ हेर जलन !
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
३)
शान्ति भएमा मनमा जहाँ पनि सुख हुन्छ,
नत्र हिराकै थुप्रो भए पनि दुःखले छुन्छ ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
४)
जन्मिँदैमा आएपछि भाग्यले ठगेर,
कुन खाडलमा जाक्छ मलाई लगेर ।
✍️
सरिता सेढाई धादिङ
५)
सबैलाई डस्दाडस्दा बुद्धि खेर गयो,
त्यसैले नै सबै माझ गनाउने भयो ।
✍️
बेदु न्यौपाने
काठमाडौँ ✍️🇳🇵
६)
नसके नि नजाने नि गर्नैपर्छ सारा काम जैले,
काम गरे नि जस भने कहिले नि पाइनँ मैले ।
✍️
सुशीला शिखा
काठमाडौँ कागेश्वरी
७)
कर्मै मेरो दोषी न पर्यो खै के भनेर हुन्छ,
नक्कलीको ढुङ्गे मनलाई न मायाले छुन्छ।
✍️
प्रदीप के रिमाल।
८)
खरानी धसेर हिँड्नू र कुकुर भूकाउनू
बिग्रेला अमिलो गुन्द्रुक घाममा सुकाउनू ।
✍️
मोती सुब्बा
९)
सकुन्जेल नाग बनी जसलाई पनि डस्छन्,
पछि तिनै लाज पचाउन खरानी पो घस्छन्।
✍
नवशिला,
बेलबारी-२,लालभित्ती,मोरङ।
१०)
हाम्री आमा भान्सामा छिन् पकाउँदै छिन् खानी ,
आजसम्म को बन्यो खै खान दिएर दानी ।
✍️
प्रद्युम्न चालिसे
११)
बाध्यता कस्तो पर्यो खरानी घस्न
कसको मनमा को सक्छ र बस्न ?
✍️
प्रेम थापा “मन”बागलुङ
१३)
न आँसु झार्नु आँखाबाट न मनबाट सबै आशा गर्नु,
भाषण गर्छन् मनै लोभ्याउने कसको यहाँ भर पर्नु ।
✍️
अम्बिका अधिकारी
झापा विर्तामोड
१४)
उठे पनि बसे पनि शान्ति छैन मनमा,
असन्ताेषी भाैतारिन्छ सधैँ रनबनमा ।
✍️
ताराप्राद चापागाईँ
धुनिबेसी
१५)
अब यहाँ बाध्यताले डोर्याउँदा कस्को के नै लाग्छ,
बाँकी त्यही खरानी घस्ने रह्यो, उत्साह किन जाग्छ।
✍️
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
१६)
कसलाई सुख शान्ति मिलेको छ घरमै बसेर,
धेरै युवा लागि परेका छन् खाडीमा घुडा धसेर ।
✍️
केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
१७)
घरमै शान्ति नभएपछि भौँतारिन्छ मन,
खरानी घसेर हिड्दा झनै सकिने भो तन ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हाल:-अमेरिका,बोस्टन।
१८)
कसले बुझिदियोस् आफ्नो दुःख पीडा, आफैँ पीडादायक,
सम्झाउँदै गर्दा आफैँमा जाइलाग्न खोज्यो, त्यो नालायक।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
१९)
घर परिवार छ, के गल्ती गरेको छु, खरानी धसुँ
धनी गरिब सबैको जीवन, उस्तै हो हाँसेर बसुँ ।
✍️
चुडामणी देबकोटा
चनपा १३ काठमाडौ
हाल बारा सिमरा
२०)
बचाउँछु राष्ट्र मेरो, मर्नु परे तापनि,
भ्रष्टाचारी मालिकलाई मार्नु पर्छ गनी ।
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
२१)
न त रूने ठाउँ पाएँ न पीर धुने ठाउँ पाएँ,
एकपटकको जुनीमा कति धेरै चोट खाएँ !
✍️
इन्दिरा देवकोटा
कपिलवल्तु
२२)
काम गर्न गाह्रो हुँदा म जोगी भएँ,
जोगी भएको भोलि घरबाटै गएँ।
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
२३)
पत्रैपत्र लुगा लगाए पनि तिमी छौ नाङ्गो,
छाला छोपेर के गर्छौ चरित्र सबै उदाङ्गो।
✍️
म्यामराज राई, भोजपुर
२४)
जे जे भएपनि हामीले हरेस खानु हुँदैन जीवनमा
म हुँ र केही गर्नुपर्छ भनी अठोट लिनुपर्छ मनमा ।
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
२५)
बस्ने उठ्ने रहरहरू सेलाएर गए,
दु:ख बरु जिन्दगीका असल मित्र भए ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
२६)
खरानी घसी के पाउँला? दुनियाँको गाली,
मगङ्ते भन्लान् नि फेरि गाउॅघरमा खाली ।
✍️
राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
२७)
वाक्क दिक्क मान्न नै थाले किन-किन आज?
नग्न शासन भाेगेका ति मान्न थाले लाज ।
✍️
जी.वि.चिन्तन घाेराही,दाङ २०८०/०८/२३ शनिवार बिहान ६:२५
२८)
काम गर्न अल्छीले खरानी घसेको,
भोक तार्नु पर्दा उपवास बसेको ।
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
२९)
उठेर बसेर सुख मिल्ने भए सबै सुखी हुनुपर्ने,
साँचो सुखशान्ती पाउन बेलैमा योग जप तप गर्ने!
✍️
समुद्र
जल्जला७गण्डकी
३०)
यो मुटु मेरो चिरेर गयौ पिरती टुटायौ,
चखेवा जस्तै बनेर आफैँ आखिर छुटायौ ।
✍️
आर्त अकुलीन
३१)
सुखको खोजीमा वन पसेँ खरानी घसेर,
घरवार छाडी धन खोजेँ खाडीमा पसेर !
✍️
कमला देवकोटा ,पाल्पा
३२)
उठ्दा यो शिर ठोकिन्छ, बस्दा सास निसासिन्छ,
कसै गरी नपाउँदा सुख, मन बरालिन्छ।
✍️
बिके मुखिया,
दार्जिलिङ भारत।
३३)
सुख भन्ने चिज मनभित्र लिन जान्नु पर्छ,
सन्तोष लिनोस् महोदय दुःख अवश्य टर्छ ।
✍️
चूडा निर्भीक
गोरखा
हालःकाठमाण्डौ ।
३४)
नाम न जस पछाडि बतास,
के गर्नु खोइ लाग्दछ अतास !
✍️
विवश पारदर्शी
झापा,
३५)
डुबेको छ चुर्लुम्म, भ्रष्टाचारले हाम्रो देश,
कुहिएका भ्रष्टाचारी, सुकिला तिनका भेश ।
✍️
यमुना प्रधानाङ्ग’मुना’
वीरगञ्ज- ६, पर्सा
हाल: इमाडोल, ललितपुर।
३६)
नयाँ जोगीले धेरै खरानी घस्छ,
हुक्का चिलिम हात बाँधेर बस्छ ।
✍️
शुक्रराज कुँवर
३७)
समस्या हुँदैन समाधान, खरानी घसेर पनि,
हिँड्नु पर्छ, निडर साहसी,अनि कर्मयोगी बनी ।
✍️
पुष्पा सुवेदी
नेपालगञ्ज, बाँके ।
३८)
के गर्छौ त अब केशै छोटो छ बाँधेर रिबन,
बाचुन्जेली सुखदुःख भनेको यस्तै हो जीवन।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा – ६ संखुवासभा ।
३९)
भर हुँदैन जिन्दगीको कतिबेला के हुन्छ,
त्यही कुरा सम्झिँदामा याे मन साह्रै नै रुन्छ।
✍️
भवानी पाेखरेल (बाबू विराज)
बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
४०)
दु:ख सुख जीवनमा आइरहने रीत,
हाँसीहाँसी बाँच्नुपर्छ लगाई सच्चा मीत ।
✍️
सहयात्री शोभा अर्याल
रुपन्देही , बुटवल
४१)
न रुँन सक्छु न हाँस्नु सक्छु यो भौतिक जीवनमा आएर,
जिन्दगीदेखि विरक्तियो मन हिँड्नुपर्ला भजन गाएर ।
✍
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
४२)
घसेर खरानी पाइदैन कतै सुख,
हाँसी खेली रमाउँ हामी भुलेर दुख।
✍️
हरिगाेपाल प्रधान
बनेपा १४ साँगा बजार ।
४३)
जन कर चुसी चुसी भएकै थियौ हृष्टपुष्ट,
अझै के चिज पुगेन र भयौ फेरि असन्तुष्ट ।
✍️
बाबुराम गौतम, गुल्मी
४४)
राम्रा जति बसाइँ सर्छौ रजाइ छ लुट्नेकै,
जनको समर्थन पनि छ दिमाग भुट्नेकै ।
✍️
सुस्मिता अधिकारी, काठमाडौँ
४५)
जीवन सङ्घर्ष हो सोचे जस्तो हुन्न,
नगर्नू लेखाजोखा कहिले नि छुन्न।
✍️
पुष्पा राई, खाेटाङ।
४६)
‘मुखमा राम’ भएकाले खान पनि कति भ्याए, साेझाका दिन गए,
गणतान्त्रिक सिद्धान्तवादी त खरा हुन् पैसाकै आगाेमा जल्ने भए ।
✍️
रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
४७)
नहारी हिम्मत गर्न पनि ठाउँमा आफ्नो मान्छे छैन,
बोलिदिने मान्छे हुनेले मात्रै त पाउने गर्छन् चैन ।
✍️
बूढानीलकण्ठ ,काठमाडौँ
४८)
उठे पनि बसे पनि रमाएनन् किन किन,
युवाहरू देशबाट पलायन दिन दिन ।
✍️
भगवती दवाडी, झापा
४९)
काम गर्दा न जस पाएँ, नगर्दा झन् के होला ,
जसो गरे नि चित्त नबुझ्ने मानिसको चोला ।
✍️
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
५०)
खरानी घस्नु पर्दैन, भगाऊ भ्रष्ट दुच्छर,
बन्छ सम्पन्न नेपाली, बन्छ नेपाल सुन्दर।
✍️
रामशरण न्यौपाने, भक्तपुर
५१)
जति काम गरे पनि छैन दुई छाक टर्ने,
श्रमको मूल्य नपाउँदा श्रमिक भए मर्ने ।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
५२)
बाेकेर श्रमकाे भारी हिड्नुपर्छ जीवनमा,
दु:खले छुन्न श्रममा विश्वास राख्ने मनमा ।
✍️
एस वि प्रगति प्यूठान (हाल:पाल्पा)
५३)
मनभरि पाप भएपछि हुन्छ दिमागमा हल्ली खल्ली,
कहाँ पाइन्छ र हजुर? शान्ति घुमिकन सडक गल्ली ।
✍️
ध्रुव श्रेष्ठ
खोटाङ, हाल काठमाडौ ।
५४)
बुझिदिने कोही छैन मनको पीडा बेथा,
भतभती पोलेको मन अरूलाई केथा?
✍️
दुर्गा आचार्य
मोरङ
५५)
न त पखाल्दा जान्छ, न सुनाउँदा सुन्छ बैरागी,
छेकेर ल्याउन खोज्दा, उम्केर लुक्दछ अभागी ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
५६)
खरानी हैन बारूद बन्नुपर्छ,
जति झुक्यो उति नै दमन गर्छ।
✍️
सुरेशकुमार पाण्डे
दाङ घोराही १८
५७)
पस्ने बेला आँखा चिम्लेर अर्कोतिर पस्छाै,
कसको रिसले आज फेरि खरानी घस्छौ ?
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
५८)
मह काढ्नेले हात चाट्छ खेर फाल्ने हैन,
हात चाट्ने लोभमा सधैँ मह काढ्ने छैन ।
✍️
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला

