
उमेश कुशवाहा,बीरगंज – उपकार सेवा नेपाल द्वारा बिरगंज वार्ड न.४ बिर्ता अमर चौक स्थित नेपाल आराधना समाज करुणा भवनमा रहेका १८ जना एचआईभी प्रभावित स्कुल जाने बाबु नानी हरुलाई सहयोग गरिएको छ।
स्टेशनरी कपि ,पेन्सिल,कटर, ईरेजर फलफूल ,मखाना हर्लिक्स, बिस्कुट तथा पौकेट खर्च सवरुप केहि नगद रकम समेत एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।
उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा तथा समाजसेवी अनिशकन्त कुशवाहा लगायतको टोलि आराधना समाजको प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।
सो कार्यक्रममा आराधना समाजका कार्यक्रम संयोजक अवधेश प्रसाद साह तथा फिल्ड औफिसर जवाहर महरा को समेत उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारूले बताउनु भयो।
उपकार सेवा नेपाल संस्था पहिला पनि बिभिन्न ठाउँमा बालबलिक, असक्त ब्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ।