
उमेश कुशवाहा- बहुदरमाई नगरपालिका वाड नं.-०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवकोले निर्वाचित भए देखी नै बिभिन्न कार्य गरी जनताको मन मस्तिकमा बस्न सफल हुनु नै भएको छन।
तर यादवले एउटा यस्तो कार्यलाई शुरू गरेका छन,की जनताले अविश्वनीय र आशचार्य चकित भएका छन, बर्षो बर्ष देखी बिलिन रहेको सड़कको नापी नक्सा गर्न शुरू गरेको छन।
बहुदरमाई नगरपालिका वाड नं.-७ को फूलकौंल गाउँको निमिमाई मन्दिर देखि श्रीकिसुन राउत कुर्मीको छठी माई नजिकको घर सम्मको सड़क वर्षो देखि बिलिन अवस्था रहेको थियो तर सडक पुन नापि नक्सा अनुसार निकाल्न कार्य शुरू गरिएको छ।

वडा अध्यक्ष विरेन्द्र यादवले भनुभयो रोड आम जनताको लागि एकदमै नजिक काे छपकैया विश्रामपुर टोल जोड्ने सडक भएको ले यसले समग्र वडावासी लाई नै उत्साहित हुने जानकारी गराउनु भयो ।
चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।

उहाले भन्नु भयो जनताको लागि जून बेला ,जून समय पनि म काम गर्ने तत्तपर रहनेछू।