सल्यानमा घरमा रोकेर राखेको ट्याक्टर एक्कासी गुड्दा च्यापिएर बालकको मृत्यु

  • २६ आश्विन २०८०, शुक्रबार २३:३३ मा प्रकाशित

  • असोज २६, सल्यान ।

    सल्यानमा रोकेर राखेको ट्याक्टर एक्कासी आफै गुड्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका ४ लामाडाँडाका ६ वर्षीय बालक दिपशन चन्द चन्दको मृत्यु भएको हो ।

    शुक्रबार बेलुकी ५ बजेतिर २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ नम्बर ट्याक्टर एक्कासी आफै गुड्दा देवबहादुर चन्दका छोरा दिपशनको मृत्यु भएको हो ।

    उक्त ट्याक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।

    ट्रयाक्टर एक्कसी किन गुड्यो भन्ने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको बताइएको छ ।

    Leave a Reply