
उमेश कुशवाहा,बिरगंज- उपकार सेवा नेपाल संस्थाले एक जना अपागङ्ग ब्यातिलाई व्हिलचेयर दिएका छन।
उक्त संस्थाले शारीरिक अपाङ्गता भएको बिरगंज ३० लालपर्सा निवासी ६२बर्षिय व्यक्तिलाई एक थान व्हीलचेयर संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल, राजनितीकर्मी अर्बिन्द सिंह, अरुको भलोको लागि रात-दिन,घाम-पानी केहि नदेखि सहयोगको लागि सधै तत्तपर रहने सामजिक अभियन्ता प्रकाश थारू, शिक्षक राधेश्याम गुप्ताको उपस्थितिमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थारूले जानकारी गराउनु भयो।
केहि दिन पहिला पनि व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गरेको थियो।