उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर तथा बिभिन्न समान हस्तान्तरण।

  • १८ आश्विन २०८०, बिहीबार १८:५७ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज / उपकार सेवा नेपाल संस्थाले व्हीलचेयर तथा बिभिन्न समानहरु हस्तान्तरण गरेको छ।

    शारीरिक अपाङ्गता भएको पर्सा जिल्ला निवासी बिरगंज-२८ बगहीका ६२ बर्षिय करिमन रामलाई उपकार सेवा नेपाल संस्थाले एक थान व्हीलचेयर सहयोग गरेको छ।

    त्यस्तै ठोरी गाउँपालिका-१ भगवान नगर स्थित अवस्थित रहेको बृद्धावृद्धि आश्रममा पुगेर आश्रय लिएर बसेका करिब २५ जना बृद्धबृद्धा तथा अशक्त असाहाय निसाहायको उपभोगको लागी चामल -२ बोरा, मसुर दाल ,खाने तेल ,रिफाईन तेल ,पिठो,भुजा नुन,लुगा धुने सर्फ, साबुन, टोवाईलेट साफा गर्ने हार्पिक,फिनाईल ,ब्रस,
    मसला तथा बेसार (हर्दी) धुलो खुर्सानी, जिरा, धनिया धूलो डाईफर एडलट को १०० थान
    सो संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले सदस्य सुमन बगेडिया द्वय,आश्रमको सदस्य, समाजिक अभियन्ता प्रकाश थारू तथा एम्बुलेन्स चालक राम बहादुरको उपस्थितमा एक कार्यक्रम बीच सामानहरु हस्तान्तरण गर्नु भएको सामजिक अभियन्ता प्रकाश थारूले यस ऑनलाइनलाई बताउनु भयो।

    Leave a Reply