
समर्पण रमजान
मुग्लिन चितवन ! दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौ दिन महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित भब्यताका साथ सम्पन्न गरेको छ ।
“हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौं दिन असोज १ गतेका दिन तिज प्रतियोगिता सहित राष्ट्रिय कलाकार बालचन्द्र बरालको बेजोड प्रस्तुति रहेको थियो ।
तिजको बिशेष दिनमा गाउँपालिका उपाध्यक्ष माया शिलवालको सभापतित्व, बागमती प्रदेश साम्सद कृष्ण सिलवाल र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्को विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित तिज गित प्रतियोगितामा सोह्र समूहले भाग लिएका थिए ।
हरेक समुहद्वारा उत्कृष्ट प्रस्तुती दिएता पनि प्रगति पाठशाला प्रथम भइ बीस हजार, सप्तरङी सांस्कृतिक मञ्च दोस्रो भइ पन्ध्र हजार र नेवा मिस पुच तेस्रो भइ दस हजार जित्न सफल भएका थिए ।

तिजको दिनको पावन अवसरमा करिब आठ देखि दसहजारको उत्साहाजनक अनुमानित उपस्थित रहेकोे थियो।
तिजको दिनको उक्त उपस्थित जनमानसको भिडमा स्थानीय र राष्ट्रिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएर दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएर नचायका थिए । राष्ट्रिय गायक बालचन्द्र बरालको उपस्थितिले कार्यक्रम अझै रोचक र उत्साहजनक रहेको थियो ।
तिजको अवसर र महोत्सवको अवसर पारेर इच्छा कामनाका तेक्वान्दोका खेलाडीहरु जस्ले राष्ट्रिय र राष्ट्रिय स्तरमा पदक जितेर आएका थिए उहाँहरुलाइ पनी गाउँपालिकाले प्रामण पत्र सहित सम्मान गरेको थियो ।
आगामी दिनहरुमा महोत्सवका अन्य उत्कृष्ट रोचक राष्ट्रिय तथा स्थानीय गायकहरु कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने र बाँकिका दिनहरुमा पनि महोत्सवमा आउनका लागी महोत्सवका संयोजक उद्योग बाणिज्य संघ मुग्लिन का अध्यक्ष कल्याण गुभाजुले जानकारी दिएका छन् ।





