
समर्पण रम्जान
असोज ३, धान्दिङ्ग ! घादिङ्गको बेनिघाट रोराङ- मझिमटारमा भोलि असोज ४ गते बिहिवार देखि ४ दिन सम्म “प्रथम अन्जन सिलवाल स्मृति कप २०८०” आयोजना हुने भएको छ ।
धादिङ्ग तथा वरपरका क्षेत्रहरूमा रहेका सम्पुर्ण खेलप्रेमी युवा खेलाडीहरुलाई उजागर तथा प्रोत्साहन गर्ने र सडक दुर्घटना बारे बृस्तित जानकारी गराइ सडक दुर्घटना कम गराउने उदेश्यका साथ उक्त प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
अन्जन सिलवाल स्मृति प्रतिष्ठान, हाइवे स्पोर्टस क्लब र बेनिघाट रोराङ युवा क्लब को संयुक्त आयोजनामा आयोजित “प्रथम अन्जन स्मृति कप-२०८०” प्रतियोगिताको उद्घाटन समारोह बागमति प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कट्टेल ज्युको प्रमुख आतिथ्यमा सञ्चालन हुने आयोजकले एक पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

उक्त नकआउट फुटबल प्रतियोगितामा ३२ टिमले खेल्ने छन् । आयोजकको अनुसार टिम दर्ता शुल्क ३०००+ रु २०००/- (कार्ड डिपोजिट) रहने छ । खेलाडीहरुको संख्या : ९+६ जना / टिम म्यानेजर १ जना हुनेछ ।

खेल संचालन हुने स्थान तथा पुरस्कारहरु :-
खेल सञ्चालन हुने स्थान :- बेनिघाट रोराङ- मझिमटार घादिङ्ग
उद्घाटन हुने मिति र समय :-२०८०/०६/०४ गते दिउसो २:०० बजे
पुरस्कारहरू :
प्रथम पुरस्कार रु ५०,०००/-कप/ मेडल / प्रमाण पत्र
द्वितिय पुरस्कार रु २५,०००/-कप/ मेडल / प्रमाण पत्र
सेमिफाइनल सम्म पुग्ने २ टिमलाई रू ५/५ हजार ट्रफि / प्रमाण पत्र
उत्कृष्ट खेलाडी : रु ३०००/- ट्रफि / प्रमाण पत्र
उत्कृष्ट गोलरक्षक : रु ३०००/- ट्रफि / प्रमाण पत्र
सर्वाधिक गोलकर्ता : रु ३०००/-ट्रफि / प्रमाण पत्र
म्यान अफ दि म्याच: रु ५००/-मेडल


