समर्पण रम्जान

मुग्लिन ! चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकामा संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन दोस्रो दिन राष्ट्रिय कलाकार दोहोरी गायिका बबिता जेरि र गायक चन्द्र परियार को दमदार प्रस्तुती हुने भएको छ ।
“हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा हिजो भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन बबिता बानिया जेरि र चन्द्र परियार, बेली डान्सर बन्दना विश्वकर्मा, डान्सर तथा मोडल गुड्डी तामाङ र सहित विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएकोछ ।

महोत्सवको पहिलो दिन सभापति रुद्र उप्रेती र प्रमुख अतिथि कृष्ण सिलवालको प्रमुख आतिथ्य मा सम्पन्न उद्घाटन समारोहमा विभिन्न समुदाय तथा संघ संस्थाहरुले आ आफ्नो रितिरिवाज अनुसारको झाँकी प्रर्दशन गरेका थिए ।

यसै गरि महोत्सव को १२ दिन सम्म विविध राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने पनि महोत्सवका आयोकहरुले जानकारी दिएका छन् ।