
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११६औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
हात
दुष्टको साथ
सदैव मिल्छ आघात !
- वसन्त अनुभव
[२]
नाटक
मन्चन मात्र
पिल्सिन्छन् मान्छे व्यर्थ !
- केशवप्रसाल ढकाल प्रीतबीज, गाेरखा
[३]
दुष्ट
साथीको साथ
मिल्छ घात प्रतिघात !
- सरिता सेढाइ, धादिङ
[४]
साथहरू
मिलेमा हातहरू
हुन्छन् कतै अन्तर्घातहरू !
- बाबुराम आचार्य, धनगढी
[५]
दुष्ट
बदलिँदैन स्वभाव
उमेरले नेटो काट्दैमा !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[६]
सर्प
गर्दैन प्यार
देख्योकि हुनु होशियार !
-पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३, काभ्रे
[७]
दुष्ट
आफ्नै साथमा
बसेर टोक्छन् हातमा !
- अच्युत घिमिरे, भुटान
[८]
सर्प
काट्दा घाँस
उसले गर्छ आघात !
- नवराज भट्ट, कञ्चनपुर
[९]
गुनी
पाउॅंछन् हात
बन्छन् सबै बैगुनी !
- म्यामराज राई
[१०]
दुष्ट
नाटकको साथ
व्यवहार हुन्छ घातक ।
- दुर्गा भट्टराई, मोरङ
[११]
घाती
अगाडि साथी
पछाडि सोचाई नजाती !
- घनश्याम पौडेल, पोखरा
[१२]
साथ
नचिन्दा हात
पाइन्छ ठुलाे घात !
- निरज कोइराला, इटहरी
[१३]
साथीभाइ
चलाए सर्पलाई
भन्दैन आफ्नो पराई !
- चक्र शाही, लम्की,कैलाली
[१४]
साथ
मिलाउँदा हात
विषालु निस्कियो बात !
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[१५]
हात
सर्पको दाँत
दुष्टले गर्छ घात !
- राज कुमार राजभण्डारी “खाेटाङ्गे”
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
[१६]
घाती
भए साथी
विष आफैँ माथि !
- धनमाया चौधरी कैलाली
[१७]
रहर
फैलाउछ कहर
टोकाइले हातमा जहर !
- सोमनाथ लुइटेल “रवि पाल्पाली”
[१८]
हात
खोज्दा राहत
दिलाए मित्रले घात।
- टिकाराम पुन टिपु
छत्रेश्वरी-२, सल्यान
[१९]
दशा
मिलाउँदा हात
टाेक्छ विषालु साँप !
- श्रद्धा आचार्य, पोखरा
[२०]
दुष्ट
मिलाउँछ हात
मिलाएपछि गर्छ घात !
- पशपति राई, खोटाङ
[२१]
स्वभाव
विश्वासिलो हात
बैगुनीले गर्ने अन्तरघात !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[२२]
सर्प
दुध खुवाएर
कदापि आफ्नाे नहुने !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[२३]
सर्प
विषालु दाँत
कहिल्यै नदिनु हात ।
- त्रिलोक रामदाम
सिद्धार्थनगर-८, रुपन्देही
[२४]
सर्प
अमृत पिउने
बदलामा जहर दिने !
- बि के विरही, टीकापुर
[२५]
मित्रता
वाह्य देखावटीपन
समिपताको बहाना विषवमन !
- राजाराम रत्गैंया
अमौरा, कैलाली
[२६]
मित्रता
अनिवार्य आवश्यकता
पहिचान स्वार्थरहित आत्मियता !
- तोया घिमिरे
शङ्खमूल, काठमाडौँ
[२७]
साथ
सच्चा मित्रता
नत्र पाइन्छ घात !
- मङ्गला उपाध्याय, बारा
[२८]
साथ
समाउँदा हात
विश्वासमा मिल्यो प्रतिघात !
- मिलन के.सी.(थापा), पोखरा
[२९]
दुस्साहस
अतिले खति
विषालुलाई सुमसुम्याउनुको फल !
- कण्ठराज गिरी, काठमाडौँ
[३०]
शङ्का
मित्रतामा दरार
सर्प झैँ विषालु !
- सरस्वती वली
बर्दिया, नेपाल
[३१]
पराई
साथ सर्पसँग
तिमी नबस डराइ !
- सम्झना कुँवर, जापान
[३२]
दुश्मन
घरभित्र हुन्छ
बाहिर किन खोज्नु ?
- देवी पन्थी
[३३]
भुजङ्ग
विषदन्त व्यर्थ
समिपमा पौरख़ी हात !
- मधुसुदन शर्मा
[३४]
सेरोफेरो
सर्पहरूको बस्ती
विषवमनमा सधैँ मस्ती !
- कविता आचार्य, कैलाली
[३५]
साथ
मायाको हात
किन गरियो घात ?
- लक्ष्मी अर्याल, काठमाडौँ
[३६]
विष
सर्प दंस
भित्र भित्रै ध्वंस !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[३७]
मनमा
विषालु सर्प
डस्छन् हरेक पल्ट !
- समुन्द्रा शर्मा, सुनसरी
[३८]
दुष्ट
मिलाउँछ हात
गराउँछ नर्कको बास !
- शिव खनाल जीवम, स्याङ्जा
हाल: रुपन्देही
[३९]
हात
कुटिल चाल
थाहा नपाउँदा घात !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४०]
हात
विषालु साथ
झमेला खातका खात !
- लक्ष्मी रिजाल, सप्तरी
[४१]
दुष्ट
मिल्छ एकछिन
जान्छ दिएर पीडा !
- प्रेम थापा “मन”, बागलुङ
[४२]
सम्बन्ध
भने मित्रताको
देखियो व्यवहार तिक्तताको !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[४३]
हात
देखावटी मिलावट
भित्रभित्रै अनेक आघात !
- सरस्वती श्रेष्ठ, इटहरी
[४४]
साथी
मिलाउँदै हात
गर्छन् सधैँ घात !
- सरिता काफ्ले
कोहलपुर-८, पिपरी, वाँके
[४५]
साथ
दिएर हेर्दा
आफ्नैबाट हुन्छ घात !
- सुमित्रा पोखरेल, काठमाडौँ
[४६]
सम्झाैता
शत्रुसँग साझेदारी
पक्कै आत्मघाती निर्णय !
- टीकाराम जाेशी, टीकापुर
[४७]
हात
पहिला घात
फेरि गर्दछन् बात !
- मिलन के.सी.
[४८]
विश्वास
नगर्नु भरोसा
गर्दिन्छ क्षणमै निराशा !
- सम्झना थापा मगर, स्याङ्जा

