
१२ भदौ २०८० ! सिरानचोक गाउँपालिका-३ बयापानी गोर्खा स्थित सिरानचोक मुस्लिम समाजले गत ९ भदौ २०८० शनिबारका दिन आफ्नो प्रथम साधारणसभा कार्यक्रमबाट सफि महमदको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।
१३ सदस्यीय तदर्थ समितीलाई विघटन गर्दै सिरानचोक मुस्लिम समाजले प्रथम साधारणसभा कार्यक्रमबाट १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ भने ४ जना सल्लाहकार मनोनीत गरेको छ।
कार्यसमितिको अध्यक्षमा सफि महमद मकुन्डाँडा रहेका छन् भने उपाध्यक्षमा आएसा खातुन ठुलागाउँ, सचिबमा मुहम्मद रफि मियाँ ठुलागाउँ, सह सचिबमा साजिद मियाँ ठुलागाउँ, कोषाध्यक्षमा तस्बिरा मियाँ किपट, सह कोषाध्यक्षमा जमल दिन मियाँ किपट, सदस्यहरूमा अलाउदिन मियाँ पिपलथोक, समिम मियाँ ठुलागाउँ, अमिन दिन मियाँ ठुलागाउँ , मुहम्मद सरिफ मियाँ अर्चले, मदिना मियाँ मकुन्डाँडा, अप्सना खातुन बरख, अफ्जल हुसेन बानागाँ, सलिम मियाँ ठुलागाउँ, नातिकाजी मियाँ सन्तेबारी, अब्दुल अजिज मियाँ थुम्की, मुहम्मद सिद्दिक ठुलागाउँ, इमामुदिन मियाँ नवलपुर, चयन भएका छन भने एकजना सदस्य नयाँ साँगु बाट राख्ने गरि पद रिक्त राखिएको छ ।
यसैगरी साधारणसभाले ४ सदस्यीय सल्लाहकार प्रा. सलाउदिन मियाँ काठमाडौ, अहमद दिन मियाँ थुम्की, रम्जान दिन मियाँ मकुन्डाँडा, र प्रो. मोहम्मद रमजान अलि काठमाडौं हरुलाइ चयन गरेको छ ।
नव निर्वाचित कार्यसमितिलाई कार्यक्रमका बिशिस्ट अतिथी सलाउदिन मियाँले सपद ग्रहण गराएका थिए ।