वड़ा अध्यक्ष यादवको अध्यक्षतामा ने.रा.आधारभूत बिद्यालयमा बिधार्थिहरुलाई पोशाक वितरण

  • ३० श्रावण २०८०, मंगलवार २०:५२ मा प्रकाशित
  • उमेश कुशवाहा ,वीरगंज
    साउन ३०- पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ फुलकौलमा रहेको नेपाल राष्ट्रिय आधारभूत बिद्यालयमा बिधार्थिहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ।

    बहुदरमाई नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादवको अध्यक्षतामा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ।

    बिद्यालयको आन्तरिक श्रोतबाट पोशाक बितरण गरिएको यादवले जनकारी गराउनुभएको हो।

    उक्त कार्यक्रममा बहुदरमाई नगरपालिका -७ का वड़ा अध्यक्ष , विद्यालयका शिक्षक- शिक्षिका , अभिभावक,स्थानीय लगायतको सहभागिता थियो ।

    चुनाव जितेपछी राम्रो कार्यले पहिलो आर्थिक बर्षमा नै जनताको मन मस्तिष्कमा बस्न सफल भएका यादवले नगरपालिका कै नमुना वडा बनाउने उनको उदेश्य रहेको छ ।

    Leave a Reply