पर्सा फोटोग्राफर एसोशिएशन द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • ४ भाद्र २०८०, सोमबार ००:२६ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगंज- १८४ वौ विश्व फोटोग्राफी दिवासको अवसर पारेर पर्सा फ़ोटो ग्राफर एसोशिएशन द्वारा घण्टाघर चौकमा गरिएको संयुक्त रक्तदान कार्यक्रम सम्पन भएको छ।

    उक्त रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालनु भएको बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले कार्यक्रम उदघाटन गर्नु भयो भने यस एसोसिएशनका सचिव मुकेश कुमार साहले रक्तदान गरी शुरू गर्नु भएको थियो।

    १महिला सहित ४२ जनाले रक्तदान गरेको पर्सा फोटोग्राफर एसोशिएशन कार्य सदस्य तथा भगवती स्टूडियोका संचालक सन्तोष कुशवाहाले हिमालयन दृष्टि ऑनलाइनलाई बताउनु भयो।

    नीतू कुशवाहा,मुकेश साह, अशोक गिरी,अमित बानिया, सुशान्त श्रेस्ट लागयतहरुले रक्तदान गरेको थिए।

    एसोसिएशनका अध्यक्ष ओमप्रकाश कुशवाहा,उपाध्यक्ष विध्या सागर साह, प्रमुख अतिथि बीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई,नेपाल रेडक्रस सोसाइटी पर्साको सभापति बिरेन्द्र कड़ेल,नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बंजारा,सजल श्रेस्ट,नेपाल प्रहरी,सशस्त्र प्रहरी लागयत संस्थाका सदस्यहरु उपस्थिति रहेको थियो।

    बीरगंज रक्तसंचार केन्द्रका जितेन्द्र कुशवाहाको टोलीले सहयोग गरेको थियो।

    Leave a Reply