
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सैतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०४/ ०४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३७[ सैत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
—————–
सुशीला पाैडेल

शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~~~~~
पञ्चाङ्ग:०१
अविरल पानीको झमझम झरी छ साउनमा ।
मेहदी हातमा चुरा लाएकी परी छ साउनमा ।
हरियो वन बुट्यान र मान्छे चिन्न गार्हो भाे मित्र ,
शृङ्गार उही बन्दाकोपीकाे नै गरी छ साउनमा ।
पाेसाक कार्यक्रम पिच्छे थरी थरी छ साउनमा ।
भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग:०२
धरतीले बर्षातकाे पानी पाएकाेे साउनमा।
झ्याउकिरी झ्याउझ्याउ गर्दै गाएकाे साउनमा।
रमाएछ हरियाे तस्बिरमा बन्दाकाेपी पनि,
धेरै नै रमाइलो समय आएकाे साउनमा।
आहा कति राम्राे हरियाली छाएकाेे साउनमा।
सुशीला पाैडेल
पञ्चाङ्ग:०३
स्वर्गकी परी धर्तीमा झरी छ।
चुँडेर मन आँखामा परि छ।
राम्री छे सारै हरित वस्त्रमा,
सबैको दिल्को धड्कन परि छ।
बन्दा डल्लाले शृङ्गार गरि छ।
कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०४
कति राम्री सुन्दरी परी हेर।
रङ्ग सँगै धर्तीमा झरी हेर।
हरियो रङ प्रकृतिको कला,
लाेभ लाग्दाे श्रृङ्गार गरी हेर।
पाेशाकका अनेक थरी हेर।
शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:०५
लेकबाट झरेर बेंसी रोपाइँ गरीछन नारीले ।
झमझम परेको साउने भेल तरीछन नारीले।
हरियै साडी चुरा पोते मेहदी लाएकी नारीछन,
शृङ्गार चै जंगल जस्तै हरियै परीछन नारीले।
बन्दाकोपी जस्तै सुन्दर शरीर भरिछ्न नारीले।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:०६
अक्षर-१६
साउन र भदौ हरियाली छाएको देखियो।
असारको गित खेतालाले गाएको देखियो।
जता हेर्दा हरियो छ यो बेला मनै आनन्द,
बन्दाकोपीले पनि हरियो लायको देखियो।
सबै आनन्दले रमाएर खाएको देखियो ।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०७
साउनमा मुसल्धारे झरि देखियो।
झरिमा पलाको थरिथरि देखियो।
हेर काउलीको त रुपै फेरिएछ,
यो रुपान्तरण घरिघरि देखियो।
मान्छेको रुप झैँ मनपरि देखियो।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
पञ्चाङ्ग:०८
हरियो चुरा लाउनु भन्दा रैछ्न् साउनमा।
फोटो खिच्न हिलो माटो खन्दा रैछन् साउनमा।
नया प्रविधिको खेती समयको मात्रै क्षति,
बीउ त छैन भ्युज पो गन्दा रैछन् साउनमा।
नग्नता प्रदर्शनको धन्दा रैछन् साउनमा।
-पशपती राई खोटाङ
पञ्चाङ्ग:०८
कति राम्रो बन्दा कोपी छ।
हरियो लाएको टोपी छ।
साउन हरियो सबैको,
लौ पातले लाज छोपी छ।
यति राम्रो बोट रोपी छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०९
पानी झम्झम पर्न जान्छ अहिले याे साउने मास हाे।
राेपेका विरुवा हुने छ हरियाे जाे अन्नकाे गाँस हाे।
खानै पर्दछ प्राण धान्न सबले पक्वानका साधन
नारीले हरियाे चुरा र कपडा लाए भने खास हाे।
पूजा शंकरकाे जपी व्रत गरे जाने उनै पास हाे।
ताेयानाथ सुवेदी,काडाघारी
पञ्चाङ्ग:१०
कति राम्रो बनाए बन्दा गोपीमा।
मानिस नै जनाए बन्दा गोपिमा।
मानिसको कलालाई मान्नु पर्छ,
पसिना नि खनाए बन्दा गोपीमा।
नजान्ने त गनाए बन्दा गोपीमा।
ह्यारिस
पञ्चाङ्ग:११
हरियो अर्गानिक फलफूलको माग बढेको छ ।
यसरी दक्षिणबाट भारतको भाग बढेको छ ।
आफैले गरौँ उत्पादन नेपाली बजार छदैछ ,
प्राकृतिको आवरणबाट हाम्रो राग बढेको छ ।
नेपालीले काम देख्दा हृदयमा आग बढेको छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग: १२
किनेर खानुभन्दा आफैँ लाएकै वेश हुन्छ ।
आफ्नै बारीमा तरकारी पाएकै वेश हुन्छ ।
विदेशबाट आयातित विषालु सब्जी भन्दा,
गरेर खेती अर्गानिक खाएकै वेश हुन्छ ।
बाँझो जोत्न स्वदेश फर्की आएकै वेश हुन्छ ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

