
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– ११० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
परिवेश
असार पन्ध्र
कृषिमा निर्भर देश !
-वसन्त अनुभव, दाङ
[२]
राेपाइँ
गमलामा धान
देखासिकीमा बिर्से आफ्नोपन !
- भवानी घिमिरे, सर्लाही
[३]
जमिन
घर घडेरी
गमलामा धान रोपाई !
- जमुना कायस्थ, पोखरा
[४]
नाटक
धान दिवस
गमलामा बिजन विवस !
- राेशन पराजुली, धरान
[५]
रोप्यौँ
धान ग़मलामा
तिमीलाई मलाई सबैलाई !
- मधुसुदन शर्मा
[६]
दिवस
गमलामा धान
जनता भए विवश !
- बेदु न्यौपाने, काठमाडौँ
[७]
प्लटिङ
विष आयात
स्टेजमा धान दिवस !
- निरज कोइराला, इटहरी
[८]
चटक
गमलामा धान
रोपी नदेखाऊ नाटक !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[९]
खेत
जोत्छ गोरुले
कहिले रोप्छ पनि !
- युगल त्रिन
[१०]
लगाएर
गमलामा धान
खुसी देशका जहान !
- सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
[११]
कृषि
असारको सार
पहेँला सुनका बाला !
- आर्त अकुलीन, कैलाली
[१२]
गमला
धानको जात
कति खानु भात !
- सरिता सेढाई, धादिङ
[१३]
नमुना
हाँस्यास्पद सरकार
लाज मर्दो कार्यक्रम !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, काठमाडौँ
[१४]
धान
गमलामा राेप्ने
भारतबाट चामलको आयात !
- राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर
[१५]
दिवस
लजायो गमला
उता खेतबारी बाँझै !
- विनयी एच एन
कविकुञ्ज लीलामय
इनपा-९, इलाम
[१६]
नाटक
धान दिवसको
गमला भयो खेत !
- रमा पन्त, पाल्पा
[१७]
खेती
गमलामा अचम्म
देशमा अनौठो दृश्य !
- साहित्य प्रेमी सलिन
[१८]
रोपाईॅ
हिलोमा नपसी
बाहिरै भौकाको छोपाई !
- घनश्याम पौडेल, पोखरा
[१९]
रोपेर
गमलामा धान
हुँदैन देशको उत्थान !
- ज्ञानबहादुर क्षत्री
सन्धिखर्क, अर्घाखाँची
[२०]
विकास
जमिन घडेरीमा
रोप धान गमलामा !
- समुन्द्रा शर्मा, सुनसरी
[२१]
धान
गमलाको सिलखान
कृषिमा ठुलो अपमान !
- अच्युत घिमिरे, भुटान
[२२]
रोपाइँ
चौतर्फी हतारो
कृषकलाई कामको चटारो !
- टिकाराम पुन ‘टिपु’
[२३]
धान
दिवस मनाए
कृषिप्रधान देश भनाए !
- पशपती राई, खोटाङ
[२४]
गमला
खेतका गरा
बनायौं आज हराभरा !
- मन्दिरा सेढाई, मलेखु, धादिङ
[२५]
रोपाईं
कामको चटारो
नेतालाई लाजको पसारो !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२६]
धान
चामलको घान
महङ्गीले टुट्यो जलपान !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[२७]
दिवस
नेताकाे चटक
कृषक सधैं मर्कामा !
- नारायणप्रसाद उपाध्याय , कैलाली ।
[२८]
उपहास
गमलामा धान
कृषिमा तिब्र विकास !
- विवश पारदर्शी, झापा
[२९]
गमला
यति सानाेमा
राेपेर ककसले खाला !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३०]
रोपाइँ
जमिन बाँझो
खेती गरेको गमलामा !
- धनमाया चौधरी, कैलाली
[३१]
धान
गमलामा सजाउने
कृषिप्रधान देशको हाल !
- सरस्वती श्रेष्ठ, इटहरी
[३२]
असार
धान दिवस
खेत खिएर सकिएको !
- गुणनिधि घिमिरे, अमेरिका
[३३]
आएको
अषाढ पन्ध्र
मनाउँदै धान दिवस !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[३४]
सचेत
समस्या समाधान
कृषिप्रधान देशका किसान !
- अम्विका अधिकारी, झापा, बिर्तामोड
[३५]
दिवस
गमलामा धान
राेप्दैँ मनाउन विवश !
- शाेभा आचार्य गाैतम, काठमाडौँ
[३६]
विचित्र
देशका शासक
विभिन्न चरित्र भेषका !
- दुर्गा आचार्य, मोरङ
[३७]
देखावटी
राजनीतिक परम्परा
कृषि क्षेत्रको उपहास !
- नारायण कोइराला, तानसेन, पाल्पा
[३८]
असार
कृषिको मेला
जमानाअनुसारको अनेक खेला !
- ईश्वरी अधिकारी, लमजुङ
[३९]
सहर
गमलामा राेपाईँ
गाउँमा खेत बाँझै !
- उर्मिला के.सी., धनकुटा
[४०]
विकृति
खेतभरि वनमारा
असारमा गमलामा धान !
- श्रद्धा आचार्य, पोखरा
[४१]
धान
गमलामा रोपाइँ
कृषि क्रान्तिको अपमान !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[४२]
गमला
धान रोप्ने
कसरी पेट भर्ने ?
- मङ्गला उपाध्याय, बारा
[४३]
नाटक
धान दिवसको
आखिर सर्वाधिक घातक !
- कविता आचार्य, कैलाली
[४४]
बिउमारा
हिलाम्य देश
गलामा धानका बाला !
- कण्ठराज गिरी, टीकापुर, कैलाली
[४५]
गमला
धान रोप्नेलाई
देखाएर जनता सोस्ने !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[४६]
धान
परिश्रमी किसान
नेतालाई फोटो पहिचान !
- प्रेम थापा ‘मन’, बागलुङ
[४७]
नबनाए
किसानको उपहास
गमलामा रोपेर धान !
- बद्री पोखरेल, विराटनगर
[४८]
नेता
बाँझा खेत
गमलामा असार पन्ध्र !
- इन्दिरा देवकोटा, कपिलवस्तु न.पा.-३
[४९]
राेपाइँ
गमलामा धान
कृषिप्रधान देशको पहिचान !
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५०]
असार
बाँझो खेत
युवाको जमात परदेश !
- कल्पना पहाडी, सिन्धुली
[५१]
बिउ
गमला गलामा
पारेर देश थलामा !
- चन्द्रावती अधिकारी, कोहलपुर
[५२]
कृषि
गमलामा धान
जिल्ल पर्यो किसान !
- मुरामि, कुमारीगाल, काठमाडौँ-७
[५३]
असार
पस्ना चुहल
फरल खेती हमार !
- सागर कुस्मी, कैलाली
[५४]
रोपाइँ
बार्दलीको गमलामा
भकारी भरिन्छ कसरी ?
- वासुदेव ज्ञवाली, पाल्पा, तानपा, धु्वघाट-१
[५५]
आश्चर्य
कठै हामी
गमलामा उत्पादन भात !
- शारदा आचार्य, ललितपुर
[५६]
लिप्सा
असार पन्ध्रको
नाटकमा देखिने मोह !
- गोपालप्रसाद पौड्याल, विराटनगर
[५७]
बाढी
झर्यो दक्षिण
सुख्खा बन्जर पश्चिम !
- कमला देवकोटा, पाल्पा
[५८]
गलामा
फूल मासेर
धानकाे बिउ गमलामा !
- मिना देवकोटा
[५९]
गमला
धान्य दिवस
उत्पादनमा उच्च बृद्धि !
- सुरेशचन्द्र घिमिरे, काठमाडौँ
[६०]
मञ्च
धान दिवस
प्रतिबिम्ब आयाेजककाे साेचकाे !
- टीकाराम जाेशी, टीकापुर
[६१]
किसान
धानकै अपमान
नेतृत्वको हाँस्यास्पद ज्ञान !
- तोया घिमिरे, शङ्खमूल, काठमाडौँ
[६२]
नेता
कस्तो बैगुनी
हिलोमा टेक्नै नहुने !
- सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल
[६३]
विचित्र
रोपाइँ गमलामा
छैन मलजल खेतमा !
- चक्र शाही, कैलाली
[६४]
वर्षा
आषाढकाे झरी
जताततै पानीकाे मनपरि !
- नवराज भट्ट, कञ्चनपुर
[६५]
कृषि
असारको सङ्कल्प
खेतको बारी शोभायुक्त !
- त्रिलोक रामदम