
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छत्तिँसौँमा पुगेका छौं।भोलि भानुजयन्ती परेको हुँदा, भानुजयन्ती विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध छ।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८०/०३/ २८गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३६[ छत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल

शुद्धीकरण
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
जन्मजयन्ती मनाउन म अघि सर्छु भानुभक्तको।
नेपाली साहित्यकाे अधीनमा नै पर्छु भानुभक्तको।
रामायण पाठ लयमा सुन्दै सुनाउदै सबैलाई,
हृदयमा आनन्दकाे अनभूति भर्छु भानुभक्तको।
केही शब्दहरु काेरेर सम्मान गर्छु भानुभक्तको।
पञ्चाङ्ग:०२
सफल हुनु भयो साहित्यमा पाइला चालेर भानुभक्त।
आदिकवि बन्नु भयो कवितामा भाव हालेर भानुभक्त।
भानु जयन्ती मनाअाैं मिलेर सम्मान गराैं हृदय देखि,
सबैको मन मुटुमा बस्नु भो भावना पालेर भानुभक्त।
साहित्यिक श्रीवृद्धिमा लाग्नु भयो ज्यान फालेर भानुभक्त।
सुशीला पाैडेल
पञ्चाङ्ग:०३
जन्मिए माता धर्मादेवीको कोख बाट भानुभक्त।
पिताजी धनञ्जय थिए कोही न नाट भानुभक्त।
लिएर शिक्षा घांसिबाट समेत बने आदिकवि,
बाल्यकालमा विवाह दु:खसुख साट भानुभक्त।
बिलय हुन्छ भौतिक पुगे सेति घाट भानुभक्त।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०४
यहाँ रामायण लेखेर नाम कमाए भानुभक्तले।
रामायणको पुस्तक हातमा समाए भानुभक्तले।
भानुजयन्तीको सबैमा विशेष शुभकामना दिन्छु,
धेरैको घर घरमा पुस्तक थमाए भानुभक्तले।
साहित्यमा नै हातेमालो गर्दै रमाए भानुभक्तले।
ह्यारिस
पञ्चाङ्ग:०५
उनन्तीस गते आयो आऊ भानुभक्त।
तीस गते लागे पछि जाऊ भानुभक्त।
खुबै भए एक हप्ता रमाएर बस,
जे दिएको यही बेला खाऊ भानुभक्त।
सोचिएको जे छ ऐले पाऊ भानुभक्त।
घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०६
भानुभक्त रामायणले गर्दा नाम चल्याे उनकाे।
त्यसैले नेपालीहरू बीच साहित्य फल्याे उनकाे।
सरल स्वभावका धनी तथा विद्वान थिए उनी,
एउटा कृति लेख्नु पर्छ भनि मन गल्याे उनकाे।
रामायणले नै सधैंका लागि आगाे बल्याे उनकाे।
नवराज भट्ट
कञ्चनपुर
पञ्चाङ्ग:,०७
तिम्रो नै पाइलाले आज साहित्य बाँचेको छ ।
कति तिम्रै लयमा नेपालीहरू नाँचेको छ ।
नेपाली मन्को तिमी नअस्ताउने भानु भयौ ,
नेपालको कुना कुनामा साहित्य साँचेको छ ।
आहिले सर्जकेले साहित्यलाई भाँचेको छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग :०८
साहित्यमा सफल व्यक्तित्व थिए भानुभक्त।
नेपालीमा रामायण लेखि दिए भानुभक्त।
भानुभक्तले कहिल्यै नबिर्सिने छाप छाेडे,
साहित्य निखार्न दुःख सुख पिए भानुभक्त।
अाँसु कवि बनेर सधैँ चिनिए भानुभक्त ।
शाेभा अाचार्य गाैतम
काठमाडौँ
पञ्चाङ्ग:०९
आफूलाई राम्ररी चिनाए भाका हालेर भानुले।
संस्कृतको रामायण नेपालीमा ढालेर भानुले।
रम्घामा जन्मेका घाशी बाट अर्ती उपदेश पाई,
अगाडि बड़े घाँसीको अर्तिलाई गालेर भानुले।
ठूलो कीर्तिमान राखे अभिमान फालेर भानुले।
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:१०
आदिकवि भानुभक्तले रचेका कृतिका गरौँ शुभकामना।
यी आदिकवि भानुभक्त जन्मजयन्तीको भरौँ शुभकामना।
मानवीय दृष्टान्तलाई छर्लङ्ग पारिने भानुभक्त कृति छन्,
भानुभक्त कविका काव्य कृति नै विश्वमा छरौँ शुभकामना।
भानुभक्त काव्यका कृति पढेर सागर तरौँ शुभकामना।
बेदु न्यौपाने
काठमाडौँ ❤️
पञ्चाङ्ग:११
अक्षर-१८
भानुभक्तले गर्दा कृति र नाम चल्याे साहित्यमा।
नेपालीहरूमा फूलसंगै फल फल्यो साहित्यमा ।
उ मनका धनी,सरल स्वभावका विद्वान थिए,
लेख्नलाई अडको थाप्नेको मन ढल्याे साहित्यमा।
भानुले गर्दा सधैंका लागि आगाे बल्याे साहित्यमा।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:१२
साहित्य आकाशमा उदाए भानु।
भक्तिमा लेखनीका हराए भानु।
लेखे नेपाली भाषामा रामायण ,
कथा अमृतसरि गराए भानु।
जनले अति मन पराए भानु।
टीकाराम जाेशी, टीकापुर।
पञ्चाङ्ग:१३
राम्रो कामको प्रेरणा लिएर भानु हुन्छ
नलिए त सधैंको लागि स्वर्ग जानू हुन्छ
धर्ती त दुई दिनको ससुराली मात्रै हो
बसुन्जेल ससुरालीमा मिठो खानु हुन्छ,
आखिर घर एक्लै जाने हो के लानु हुन्छ?
पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१४
चम्किला तारा भयौ तिमी भानु।
उज्यालो छर्दै गयौ तिमी भानु।
हाम्रो देशका शान हुन् कवि यी,
इतिहासमा रयौ तिमी भानु।
दुःख पिडा नि सयौं तिमी भानु।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१५
मरेर गए पनि चम्किरहेका तारा भानुभक्त।
रामायण लेखेर भए सवैका प्यारा भानुभक्त।
कृतिमान राखेर प्रेरणा दिँदै अघि बढी रहे,
आफ्ना धेरै काव्य र कृतिले छाए सारा भानुभक्त।
रामायणकाे ती खण्डमा बगाए धारा भानुभक्त।
उर्मिला के.शी.
धनकुटा !

