खाने पानीको हाहाकार : महानगर उप-प्रमुख आलमले दैनीक ३ सय घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै

  • ९ श्रावण २०८०, मंगलवार २०:५८ मा प्रकाशित
  • वीरगंज, खाने पानीको हाहाकार भएपछी वीरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले दैनिक ३०० सयभन्दा बढि घरलाई आफ्नै घरबाट पानी सहयोग गर्दै आएका छन्।

    अहिले पानीको हाहाकार भइरहेको बेला बिरगंज महानगरपालिका विभिन्न वडाहरुका स्थानीय वासी लाई बिरगंज महानगरपालिका का उप-प्रमुख इम्तियाज आलमले आफनो घरबाट अहिले दैनिक रुपमा ३०० भन्दा बढि घरलाई खाने पानी सहयोग गरिदै आएका छन्।

    तराइको धेरै ठाउँमा पानीको मुहान सुक्न थाले पछि वीरगंजमा पनि यसको असर धेरै नै परेको छ।अहिले पानीको अभावलाई कम गर्न उप-प्रमुख आलमले दिनरात काम गरिरहेका छ्न । पानीको समस्यालाई लिएर दिनरात जनताहरु ले फोनबाट दुखोस गर्न थाले पछि पानी ब्यवस्थापनका लागि उनले वीरगंज महानगरपालिका अन्तरगत रहेको दमकलहरु लाई समस्या भएको ठाउमा पठाउने गरेका छ्न ।

    चापाकल सुकेर पिउने पानीको समस्या भएका वडाहरूमा अहिले उनले दुई महीनादेखि ट्यांकरबाट पिउने पानी उपलब्ध गराउँदै आएको बताए । पिउने पानीको समस्या भएका वडाहरूबाट माग भए अनुसार ट्यांकरबाट पानी उपलब्ध गराउँदै आएको बताए।

    वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि हरेक वडाका स्थानीय धेरै नै पीडित भएका छन।

    हरेक वडा कार्यलयबाट पानीको लागि सेवाग्राही सिफारिस गराउन आएको तथा हरेक सेवाग्राही को समस्या सुनेर कसरी समाधान गर्न सकिन छ भनेर उप-प्रमुख आलमले दिनरात बिचार बिमर्श लिएर काम गरिरहेका छ्न ।

    उनको सचिवालयले पनि पानीको समस्यालाई लिएर आउने सेवाग्राहीलाई आफै वीरगंज महानगरपालिका खानेपानी अन्तरगत रहेका शाखाहरु मा गइ सिफारिस लगायत कामहरु छिटो भन्दा छिटो गराइ रहेका छ्न जसले गर्दा खानेपानी समय मै उपलब्ध होस ।आफ्नो महानगरपालिका भित्रका कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने आफु लागि परेको उप-प्रमुखले बताए।

    दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडाका जनता सचेत हुन समेत उनले आग्रह गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाजको बिकाशका लागि परेको बताए ।

    Leave a Reply