
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १०८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
यन्त्र
उल्टो मन्त्र
पाङ्ग्रै पाङ्ग्राको जन्त्र !
- अच्युत घिमिरे, भुटान
[२]
साधन
धेरै लोड
मनभित्र विपरित सोच !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[३]
देश
समस्याको चाङ
यथास्थिति नेतृत्व चिन्तन !
- पशपती राई, खोटाङ
[४]
भारी
डाँडा पारि
लैजाऊ गोरु नारी !
- सविता के.सी, दक्षिणकाली-९, काठमाडौँ
[५]
नेतृत्व
पुरानो साेच
बिपरित यात्रा दुर्घटना ।
- राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
[६]
यसरी
हुन्छ भताभुङ्ग
अरूलाई बनाउन खोज्दा !
- शिव ज्ञावली, गुल्मी
[७]
परिस्थिती
अनगिन्ती सम्भाव्यता
बेमेल आपसी सम्बन्ध !
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[८]
अवस्था
देखिन्छन् कस्ता
मिलाएर गरौँ ब्यवस्था !
- पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
पनौती न.पा.-३, काभ्रे
[९]
चौतारी
अनौठो छहारी
थाकेको एक जिन्दगी !
- आर्त अकुलीन, कैलाली
[१०]
गाडी
उकाली ओराली
कठिन जिन्दगीको भारी!
- कविता आचार्य, कैलाली
[११]
तनाव
चिन्तन मनन
निकास छिन्न भिन्न !
- कमला देवकोटा, पाल्पा
[१२]
बोझ
हर रोज
आएन देहमा मोज !
- तोयानाथ चापागाईं, दमक, झापा
[१३]
बोझ
थप्दै गयौ
अहिले आफैं रोयौ !
- मङ्गला उपाध्याय, बारा
[१४]
जीवन
मालबाहक वाहन
आकस्मिक दुर्घटनाको शिकार !
कण्ठ राज गिरी, टीकापुर, कैलाली
[१५]
जिन्दगी
लादिएकाे गाडी
यात्रा उकाली ओराली !
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[१६]
बोझ
थेग्नै नस्कने
विचार नै गर्नुपर्ने !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[१७]
बोझ
अत्याधिक भार
दुख आफ्नै कतिले !
- धनमाया चौधरी, कैलाली
[१८]
अस्तव्यस्त
जीवन सुधार्ने
छैन कुनै सस्त्र !
शाेभा आचार्य गाैतम, काठमाडौँ
[१९]
भारी
काँधमा जिम्मेवारी
उचित व्यवस्थापनकाे अभाव !
- श्रद्धा आचार्य, पोखरा
[२०]
जीवन
तनाव ग्रस्त
कार्य भए अस्तव्यस्त !
- बालकृष्ण खनाल ‘बि के विरही’
टीकापुर, कैलाली
[२१]
जिन्दगी
कामको चाप
सुख दुःखको कहानी !
- सरस्वती श्रेष्ठ, इटहरी
[२२]
जिन्दगी
न्यून क्षमता
बढी भार खन्याउनु !
- दुर्गा आचार्य, मोरङ
[२३]
जीवन
अनौठो भारी
छैन बस्ने छहारी !
- बेदु न्यौपाने, काठमाडौँ
[२४]
बाेझ
आबश्यक सामाग्रीकाे
उपगाेगिता नजान्दाकाे परिणाम !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[२५]
परिस्थिति
यस्तो भाग्य
नहोस् दुस्मनको पनि !
- प्रदिप नेपाली, पर्वत
[२६]
जिन्दगी
गन्तव्य एक
झमेला आउने अनेक !
- डम्बर थामी अनुपम, दोलखा
[२६]
खाना
चौरासी व्यञ्जन
खान हुने नहुने !
- मानन्धर रमेश
[२८]
जिन्दगी
अनगिन्ती बोझ
परिस्थितिको सामना गर्नुपर्ने !
- सुरेङ्गेली कान्छो, झापा
[२९]
छ
तर छैन
ठ्याक्कै आफूलाई मिल्ने !
- घनश्याम पौडेल, पोखरा
[३०]
गहन
भाव वहन
गाह्रो हुन्छ सहन !
- प्रेम थापा ‘मन’, बागलुङ
[३१]
जीवन
दु:खको पराकाष्ठा
पीडाको पहाड सहन !
- शारदा आचार्य, काठमाडौँ
[३२]
भएको
खप्न गाह्रो
एकैपटक अत्याधिक बोझ !
- समुन्द्रा शर्मा, सुनसरी
[३३]
क्षमता
छ कम्ती
बोझ छन अनगिन्ती !
- योगेन्द्र भट्टराई, खोटाङ्ग
[३४]
त्यसकै
बाेकेर भारी
सहनु परेको दिक्दारी !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[३५]
सहयात्री
बाटोमा अलपत्र
हुँदैछ समयको कालरात्री !
- अम्विका अधिकारी, झापा, विर्तामोड
[३६]
क्षमता
गलत आँकलन
महत्वाकांक्षाले जीवनमा तनाव !
- टीकाराम जाेशी, टीकापुर
[३७]
भार
थाम्नै नसक्ने
औकात बिनाको मार !
- विवश पारदर्शी, झापा
[३८]
भारी
डाँडा पारी
लैजाउ अब कसरी !
- दुर्गा भट्टराई, मोरङ
[३९]
भारी
सकिएन लैजान
यो ठाउँ सारी !
- सुमित्रा पोखरेल, काठमाडौँ
[४०]
जिन्दगी
समस्याको भारी
बढ्दैन सवारी अगाडि !
- इन्दिरा देवकोटा,कपिलवस्तु नपा-३
[४१]
क्षमता
महत्त्वपूर्ण हुने
कामको परिणाम निकाल्न !
- नारायण कोइराला
तानसेन, पाल्पा
[४२]
भारी
बोक्नुपर्ने आखिरी
धान्नैपर्ने परिवारको जिम्मेवारी !
- सरिता सेढाइ, धादिङ
[४३]
अवस्था
पालो
पालाको पौँचो
गति समय परिवेश !
- घनश्याम पौडेल, गौरीगङ्गा-९, कैलाली
[४४]
वजन
कमजोर तन
साहारा बलियो मन !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४५]
जीवन
चुनाैतीकाे पहाड
दुई दिनकाे रामछाया !
- लता पाैड्याल, इटहरी उप न. पा. १७
[४६]
इन्जिन
सकियाे इन्धन
बिच बाटाेमा अलपत्र !
- प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे
[४७]
अजङ्ग
समस्याको चाङ
सुल्झाउने उपायको सोचमा !
- गोपाल प्रसाद पौड्याल, विराटनगर
[४८]
दयनीय
रितिथितिको भित्र
बिग्रेको सबै मनस्थिती !
- जमुना कायस्थ, पोखरा
[४९]
टायर
गोर्खाली कम्पनी
निजीकरणले सखाप भताभुङ्ग !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
हाल: काठमाडौं
[५०]
आवश्यकता
धेरै देखिएको
भार बढी भेटिएको !
- रिता खराल, रुपन्देही
[५१]
साथी
जिन्दगीको गाडी
कसरी बढाउँ अगाडि ?
- होमप्रसाद नेउपाने
धरान, सुनसरी
[५२]
वास्तविकता
साधनको असहजता
व्यवहारमा निकै कठिनाई !
- लक्ष्मी अर्याल, काठमाडौँ
[५३]
सफर
अनेक रहर
कठिन जिन्गिक डगर !
- सागर कुस्मी, कैलाली
[५४]
जिन्दगी
कठिन यात्रा
बाटोमा देख्यो जात्रा !
- वसन्त अनुभव
[५५]
समय
निरन्तर बगिरहेछ
जिवनकाे पाङग्रा गुडिरहेछ !
- गुणनिधि घिमिरे, अमेरिका


सम्पुर्णलाई हार्दिक शुभकामना !