
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १०२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
बुद्ध
शान्तिका दूत
मनुष्य हालका महाभूत !
- अमृत सुवेदी, रुपा सात, कास्की
[२]
बुद्ध
ज्ञानको स्रोत
लोकलाई सन्देश नेपालबाट !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’,
पाल्पा, हाल: बर्दिया
[३]
लुम्बिनी
बुद्धको जन्मस्थल
बद्धम शरणम गच्छामि !
- आर्त अकुलीन, कैलाली
[४]
बुद्ध
मन शुद्ध
भएका शान्तिका अग्रदुत !
- शिव ज्ञवाली, गुल्मी
[५]
बुद्ध
मन शुद्ध
शान्ति कान्ति मुहार !
- भवानी घिमिरे, सर्लाही
[६]
बुद्ध
एसियाको ज्योति
फेरि आऊ एकचोटि !
- पशपती राई, खोटाङ
[७]
बुद्ध
शान्तिका प्रतीक
भगवान मनुष्य चाेला !
- केसर बाेहरा ‘सङ्घर्ष’, अछाम
[८]
बुद्धत्व
दुःखबाट पार
संसारमा जिउने आधार !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[९]
शान्ति
बुद्धको सन्देश
अहिंसा परमो धर्म !
- ऋजु दिल्पाली, सुनसरी-१
[१०]
सिद्धार्थ
गौतम बुद्ध
आत्मज्ञानी मन शुद्ध !
- विवश परदेशी
[११]
भगवान
गौतम बुद्ध
मन विचार शुद्ध !
- रिता खराल, रुपन्देही
[१२]
बुद्धत्त्व
शान्तिकाे मार्ग
दु:खकाे कारणकाे निवारण !
- नारायणप्रसाद उपाध्याय, कैलाली
[१३]
उदक
बुद्ध
ज्ञानका प्रचार
सुख सान्त संसार !
- बृन्दा बगाले, काठमाडौ
[१४]
बुद्ध
ज्ञानको भण्डार
विश्वलाई चिनाउने आधार !
- सरिता सेढाई, धादिङ
[१५]
सन्देश
लोकलाई शान्ति
नहोस् कहिल्यै अशान्ति !
- सम्झना कुँवर ‘कुसुम’
[१६
बुद्ध
विश्वकै तारा
उज्यालो ज्ञान सारा !
- भुपेन्द्र राना मगर, धादिङ
[१७]
भगवान्
बुद्ध जस्तै
असल बन्न सकूँ !
- प्रदिप नेपाली, पर्वत
[१८]
बुद्ध
ज्ञानको लागि
गरेका शान्ति युद्ध !
- शाेभा आचार्य गाैतम, काठमाडौँ
[१९]
बुद्ध
ज्ञानको प्रचार
जिउने कला अपार !
- दुर्गा भट्टराई, मोरङ
[२०]
बुद्ध
शान्ति अग्रदुत
राष्ट्रका अमूल्य निधि !
- इन्दिरा देवकोटा
[२१]
चित्त
गरौँ शुद्धीकरण
ॐ बुद्धम शरणम !
- होमप्रसाद नेउपाने, धरान, सुनसरी
[२२]
बुद्ध
अशान्तिको बिरोधी
फैलाए विश्वभर ज्ञान !
- बिमला पोख्रेल, अर्घाखाँची
[२३]
बुद्ध
छोड युद्ध
ग्रह शान्ति शुद्ध !
- देवी पन्थी
[२४]
अहिंसा
परमो धर्म
त्यागौँ विकृत कर्म !
- वसन्त अनुभव, घोराही, दाङ
[२५]
शान्ती
मनाेभावमा क्रान्ती
बुद्वत्त्व प्राप्त सन्तती !
- राेशन पराजुली, धरान
[२६]
बुद्ध
शान्तिको ज्योति
फैलाइ दियौ जगतभरि !
- पुष्पा सायरा, विराटनगर
[२७]
बुद्ध
शान्तिका प्रतीक
हिंसात्मक छोडौँ युद्ध !
- सरस्वती वली, बर्दिया
[२८]
बुद्ध
शान्तिका दूत
अहिंसाको सत्य बाटो !
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[२९]
शुद्ध
नबनौ क्रुद्ध
शान्तिको दूत बुद्ध !
- रामप्रसाद पुरी, बादेल, खोटाङ
[३०]
शान्ति
प्रवर्द्धन बुद्ध
ज्ञानमा मन शुद्ध !
- भगवती दवाडी, झापा
[३१]
शान्ति
बुद्धकाे सन्देश
फैलियो सारा संसार !
- राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी
[३२]
उदक
बुद्ध
सुन्दर बानी
हटोस् भएका अवरुद्ध !
- प्रेम थापा ‘मन’, बागलुङ
[३३]
बुद्ध
गरेको ध्यान
सबैमा आओस् ज्ञान !
- बेदु न्यौपाने, काठमाडौँ
[३४]
हामी
सबै जना
बुद्ध बन्न सक्छौँं ?
- नरेन्द्रबहादुर क्षेत्री, बुटवल
[३५]
शान्ति
हुदैन केही
खोजी गर्दछौं त्यही !
- सन्जना शर्मा, दाङ, लमही
[३६]
उपदेश
शान्तिको ज्ञान
बुद्धको महिँमा शान !
- सुरेशकुमार पाण्डे
दाङ, घोराहि-१८
[३७]
बुद्ध
चित्त शुद्ध
ज्ञानको ज्योति विशुद्ध !
- म्यामराज राई, भोजपुर
[३८]
छर्दै
ज्ञानको भण्डार
त्यागे उनले राजकाज !
- सुमित्रा पोखरेल, काठमाडौं
[३९]
बुद्ध
बुद्ध म
बुद्ध म शान्ति !
- मधुसुदन शर्मा
[४०]
बुद्ध
पथ प्रदर्शक
शान्तिका दुत रहेका !
- सरस्वती श्रेष्ठ, इटहरी
[४१]
त्यागी
राजमहलको सुख
ज्ञानको खोजीमा बुद्ध !
- मङ्गला उपाध्याय, बारा
[४२]
बुद्धत्व
मानव जगतमा
महान् छ अस्तित्व !
- घनश्याम पौडेल, पोखरा
[४३]
जीवनोपयोगी
शिक्षा बुद्धको
मन वचन शुद्धको !
- राजेन्द्रकुमार बज्राचार्य, काठमाण्डौ
[४४]
बुद्ध
एशियाका ज्योति
शान्ति प्रवाहक मोती !
- बिके माकजु, भक्तपुर
[४५]
बुद्ब
धर्तीका पुत्र
विश्वमा शान्तिका अग्रदूत !
- प्रद्युम्न चालिसे, भक्तपुर, कटुञ्जे
[४६]
हाम्रा
असाध्यै राम्रा
अहिले भए सबैका !
- नन्दलाल आचार्य
सिद्धार्थटोल, उदयपुर
हाल- सिर्जनाकुटी, सिरहा
[४७]
बुद्ध
प्रकट अवरुद्ध
ज्ञान वचन शुद्ध !
- अच्युत घिमिरे, भुटान
[४८]
बुद्ध
शान्तिका दूत
एसियाका उज्ज्वल नक्षत्र !
- गोपालप्रसाद पौड्याल, विराटनगर
[४९]
बुद्ध
दशावतारमा एक
अहिंसा शान्ति सन्देश !
- कमला देवकोटा, पाल्पा
[५०]
बुद्ध
फर्किएर तिमी
शान्तिलाई फेरि जगाऊ ।
- केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५१]
विशेष
शान्ति सन्देश
मनन गर्नु बेस !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[५२]
बुद्ध
बिचलित नभईकन
निरन्तर ज्ञानको खोजी !
- बिमला पोख्रेल, अर्घाखाँची
[५३]
बुद्ध
शान्ति नायक
विश्व शान्ति दायक !
- धर्मी शाक्य,बुटवल, रुपन्देही
[५४]
बुद्ध
बन्ने चाहाना
बुद्धको सन्देश शिरोधार्य !
- यानेन्द्र जोशी, पहलमानपुर
[५५
बुद्ध
शान्तिका अग्रदूत
नेपालका सच्चा सपूत !
- जमुना आचार्य, सिन्धुपाल्चोक
[५६]
बुद्ध
फर्किएर आऊ
ध्यान धर्तीमा लगाऊ !
- भावना मञ्जु, माेरङ
[५७]
अहिंसा
तन मन
बुद्धको सत्य वचन !
- रामबहादुर चौधरी, गोरखा
[५८]
बुद्ध
गर्दै ध्यान
संसारमा बाँड्दै ज्ञान !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा -६, संखुवासभा
[५९]
महात्मा
महामानव बुद्ध
विश्वशान्तिका सौम्य ज्योतिपुञ्ज !
- पोखरेल बद्री, विराटनगर, मोरङ
[६०]
बुद्ध
शान्ति सन्देश
आनन्दमा रहनु बेस !
- दुर्गा भट्टराई
[६१]
बुद्ध
शान्तिका अग्रदूत
बने अहिंसाका पुजारी !
- सीता पाण्डेय मरासिनी
तम्घास, गुल्मी
[६२]
बुद्ध
ज्ञानको भण्डार
मनमा शान्ति शुद्ध !
- धनमाया चौधरी, कैलाली
[६३]
बुद्ध
शान्तिका अग्रदुत
दिएका ज्ञान अद्भुत !
- सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल
[६४]
बुद्ध
शान्तिका दुत
अहिंसाले मनको शुद्ध !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[६५]
बुद्ध
शान्तिका अग्रदुत
बाँडे ज्ञानकाे भण्डार !
- श्रद्धा आचार्य, पोखरा
[६६]
बुद्ध
ज्ञान सागर
शान्तिको मार्ग अपार !
- कविता आचार्य, कैलाली
[६७]
महापुरुष
परिवर्तित कालखण्ड
मानवत्त्वको चिरहरण पुण्यभूमिमा !
- कण्ठराज गिरी, टीकापुर
[६८]
शान्ति
हुर्काउनु दिनु
बुद्धकाे मानवताको उपदेश !
- टीकाराम जाेशी, टीकापुर
[६९]
धर्म
शान्ति अहिँसा
मन सधैँ बुद्ध !
- समुन्द्रा शर्मा, सुनसरी
[७०]
बुद्ध
नेपालका तारा
विश्वमा चिनाउने सहारा !
- त्रिलोक रामदाम
सिद्धार्थनगर-८, भैरहवा

