![](https://himalayandristi.com/wp-content/uploads/2023/05/Screenshot_2023-05-06-14-25-19-86.jpg)
खुसीको भाग्य पाउँदा गल्ती उदाउँदो रहेछ
रोजेको कर्म पाउने यहाँ अस्तित्व जीवनको।।
फूलको बास्ना सुगन्ध मिल्छ सुहाउँदो रहेछ
सोचेको बाटो हिड्ने त्यहाँ केन्द्रित भावनाको।।
उज्यालो रुप देखाए मिल्छ अनुभव आनन्द
रोएको मन सन्तोष गर्दै हुन्छ यात्रा जीवनको
छरितो कार्य उत्कृष्ट विन्दु उत्साहको सदैव
पर्खेर बस्दै नबस्ने कस्तो समय सफलताको ।।
सामान खोजी गरिन्थ्यो ठाउँसम्म हामीले
तनाव हुँदै बढेर यात्रा जीवनमा सफलताको
भेटिन्छ चिज सम्झेर याद गर्दैछ सोचाइ
बगेर खोली साथमा संघर्ष यात्रा जीवनको ।।
खुसीले हर्ष बोकेरै जब हुन्छ यात्रा जीवनको
दु:खीले पीडा सहेर सुरु हुन्छ यात्रा जीवनको
सहज हुन्छ समय बुझ्ने यात्रु सदैव आकर्षक
ब्यवहार चलाउन सधैं गर्नुपर्ने यात्रा जीवनको ।।
🖋️बिष्णु राम भण्डारी
सिन्धुपाल्चोक, बलेफी -2
अति उतम छन्द कविता प्रस्तुति गर्नु भएको मा धन्यवाद ।