” निवृत हुने चक्र – आफ्नो घर फर्क !”

  • २६ चैत्र २०७९, आईतवार २३:११ मा प्रकाशित
  • सप्रबलको घर छाडी, आफनै घरमा पुग्दैछु म !
    मेरो कूल माताको ति, दिव्य पाऊमा झूक्दैछु म !!
    हो नि मैले द्धन्दकालको, धेरै व्यथा भोगी आएँ !
    कैयन् पटक मैले आफ्नै, शांश पनि रोकी आएँ !!

    बाँची आएँ हाँसी आएँ, सप्रवलमा नाता जोडें !
    मैले आफ्नो कर्तव्यलाई, छाता सरी ओढी आएँ !!
    धन्न शहिद नभएर, आज बोल्न आएको छु !
    मन्‌को कुरा आधा आधी, यहाँ खोल्न पाएको छु !!

    बसन्तको पालुवा झैं, निवृत हुने एउटा चक्र !
    पेन्सन दिई सरकारले, भन्यो अब घर फर्क !!
    तिस बर्षको लामो यात्रा, आजबाट बिसाऊंदैछु !
    बल्ल आफनो माँया संग, मस्त संग निंदाउने छु !!

    बिना वर्दि भोली पनि , मैले बोक्ने झोली पनि !
    सशस्त्रकै सिपाही बनि, खेल्नेछु म होली पनि !!
    आखीर टाढा हुने हैन, सशस्त्र नै थर हो मेरो !
    तिसौं बर्ष बिताएको, यहि मूल घर हो मेरो !!

    विदाईको शिलशिलामा, पाएको ति अमूल्य पल !
    झनै मिलेको छ उर्जा, बढेको छ आत्म बल !!
    मायाँका ति सौगातहरू, आखाँ सामु अल्झने छन् !
    हरपल मिठा यादहरू, दिव्य रही टल्कने छन् !!

    सधैं फूल झर्ने गर्छ, अब देखी काढाँ झरोस !
    हाम्रा दुःख पिडा हरु, अव युगौं टाढा सरोस !!
    सुख, शान्ति संम्वृद्धीको, दीर्घ यहि चाहना छ !
    बिदाई गर्ने सबै जनमा, हार्दिक शुभ-कामना छ !!
    नयाँ बर्ष फलोस फुलोस, मंगलमय कामना छ !!!

    ०७९-१२-२६, आईतवार
    ३० वर्ष पुगेर अबकाशको दिन !

    Leave a Reply